०२२ मा कतारमा हुने विश्वकपको सुरक्षा नेपाली सुरक्षा गार्डले गर्ने !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १, २०७५
|
|
२१ पटक हेरिएको
Shares
०२२ मा कतारमा हुने विश्वकपको सुरक्षा नेपाली सुरक्षा गार्डले गर्ने !

सारांश

  • काठमाडाै, १ साउन ।
  • सन् २०२२ मा कतारमा हुने विश्वकपको सुरक्षाका लागि कतार सरकारले सरकारले नेपाली सुरक्षा गार्ड लैजान चासो देखाएको छ।
  • नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले सन् २०२२ मा कतारले आयोजना गर्ने विश्वकपमा सुरक्षा गार्डका लागि नेपाली आवश्यक रहेको बताएका हुन्।

काठमाडाै, १ साउन । सन् २०२२ मा कतारमा हुने विश्वकपको सुरक्षाका लागि कतार सरकारले सरकारले नेपाली सुरक्षा गार्ड लैजान चासो देखाएको छ। नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले सन् २०२२ मा कतारले आयोजना गर्ने विश्वकपमा सुरक्षा गार्डका लागि नेपाली आवश्यक रहेको बताएका हुन्। उनले कतार सरकारले नेपाल सरकारसँग सम्झौता गरेर सुरक्षा गार्ड लैजान तयार रहेको औपचारिक जानकारी नेपाल सरकारलाई गराएका हुन्।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग मंगलबार मन्त्रालयमा भएको भेटमा राजदूत मोहम्मदले सुरक्षा गार्डको आवश्यकताका विषयमा छलफल गरेका हुन्। उनले यसैवर्ष कतार नेपाल सम्बन्धको ४० वर्ष पुरा भएको अवसरमा मन्त्री थापालाई कतार भ्रमणको निम्तो समेत दिए। उच्च तापक्रम नियन्त्रणका लागि स्टेडियममा एसी लगाइएको छ ।

गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईका अनुसार कतार नेपालसँग सुरक्षाका क्षेत्रमा सहकार्यका लागि इच्छुक रहेको छ। उनका अनुसार भेटमा नेपाल–कतार द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो। गृहमन्त्री थापाले कतारमा कार्यरत नेपालीहरुको सेवा, सुविधा तथा सुरक्षाका विषयमा राजदूत मोहम्मदसँग छलफल गरेका थिए। कतारमा हाल पाँच लाख बढी नेपाली रोजगारीका लागि पुगेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोलीदेखि लकडाउनमा कडाई, यस्ता छन् गृहको सवारी पास नीति
भोलीदेखि लकडाउनमा कडाई, यस्ता छन् गृहको सवारी पास नीति
नेकपाले नेता अधिकारीको २३ गते श्रद्धाञ्जलीसभा, देशभरका पार्टी कार्यालयका झण्डा झुकाउने
नेकपाले नेता अधिकारीको २३ गते श्रद्धाञ्जलीसभा, देशभरका पार्टी कार्यालयका झण्डा झुकाउने
सुनसरीको बर्जुमा एमाले विजयी
सुनसरीको बर्जुमा एमाले विजयी
भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्व राष्ट्रपतिलाई तीन वर्षको जेल सजाय
भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्व राष्ट्रपतिलाई तीन वर्षको जेल सजाय
आज साउन १३ गते शनिवार, यस्तो छ आजको राशिफल
आज साउन १३ गते शनिवार, यस्तो छ आजको राशिफल
काठमाडौंमा वायु प्रदूषण बढ्यो, कारण के ?
काठमाडौंमा वायु प्रदूषण बढ्यो, कारण के ?
रुस युक्रेन युद्ध लम्बिदै गए अमेरिकी डलर कमजोर बन्न सक्ने
रुस युक्रेन युद्ध लम्बिदै गए अमेरिकी डलर कमजोर बन्न सक्ने
सेनाप्रमुख र पाँचजना उच्च सैनिक कमान्डरमाथि राष्ट्रसंघकाे जातीय नरसंहारकाे अाराेप !
सेनाप्रमुख र पाँचजना उच्च सैनिक कमान्डरमाथि राष्ट्रसंघकाे जातीय नरसंहारकाे अाराेप !
नौँ सय भूकम्प पीडितको निवेदन खारेज
नौँ सय भूकम्प पीडितको निवेदन खारेज
बैठकस्थल र प्रदेश प्रमुख अझै अन्योलमा , दुई दिनपछि ५५० प्रदेश सांसद चुनिँदै
बैठकस्थल र प्रदेश प्रमुख अझै अन्योलमा , दुई दिनपछि ५५० प्रदेश सांसद चुनिँदै

तपाईंले छुटाउनुभयो कि?