करिब एक हजार शिक्षकको जागिर अन्योलमा !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २४, २०७४
|
|
२९ पटक हेरिएको
Shares
करिब एक हजार शिक्षकको जागिर अन्योलमा !

सारांश

  • काठमाडौँ, २४ फागुन , संघीयता लागू भएसँगै विद्यालय स्रोत केन्द्रहरु स्वतः निष्क्रिय हुँदा स्रोत व्यक्तिका रुपमा कार्यरत करिब एक हजार शिक्षकको जागिर अन्योलमा परेको छ ।
  • संविधानतः विद्यालय शिक्षा स्थानीय तहको मातहतमा रहेको सन्दर्भमा विगतमा जिल्ला शिक्षा कार्यालयको मातहतमा रहेको संयन्त्र मानिने स्रोत केन्द्र निष्क्रिय हुन पुगेको हो ।
  • आगामी चैतभित्र जिल्ला शिक्षा कार्यालयसमेत खारेज हुँदैछन् ।

काठमाडौँ, २४ फागुन , संघीयता लागू भएसँगै विद्यालय स्रोत केन्द्रहरु स्वतः निष्क्रिय हुँदा स्रोत व्यक्तिका रुपमा कार्यरत करिब एक हजार शिक्षकको जागिर अन्योलमा परेको छ ।

संविधानतः विद्यालय शिक्षा स्थानीय तहको मातहतमा रहेको सन्दर्भमा विगतमा जिल्ला शिक्षा कार्यालयको मातहतमा रहेको संयन्त्र मानिने स्रोत केन्द्र निष्क्रिय हुन पुगेको हो । आगामी चैतभित्र जिल्ला शिक्षा कार्यालयसमेत खारेज हुँदैछन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गत साता शिक्षा मन्त्रालयलाई पत्र पठाई काज फिर्ता गर्न आग्रह गरेपछि स्रोत व्यक्ति आन्दोलित हुन पुगेका छन् । स्रोत व्यक्तिको व्यवस्थापन कसरी गर्ने भन्नेमा दुई मन्त्रालयबीच समान धारणा नबन्दा रोजीरोटी गुम्ने खतरा उनीहरुले महसुस गरेका छन् ।

विगतमा स्रोत केन्द्रले सम्बन्धित क्षेत्रका विद्यालयको तथ्याँक संकलन गरी जिल्लामा पठाउने र जिल्ला शिक्षाबाट हुने पत्राचारमा आवश्यक समन्वय गर्ने काम गर्दै आएको थियो । हाल यस्ता स्रोत केन्द्र एक हजार ५३ छन् । यी स्रोत केन्द्रमा सामुदायिक विद्यालयका वरिष्ठ शिक्षक वा प्रधानाध्यापकमध्येबाट एक जनाले स्रोत व्यक्ति भई काम गर्दै आएमा अब ती काम स्थानीय तहले नै गर्नेछन् ।

स्थानीय विकास मन्त्रालयले स्रोत व्यक्ति जुन विद्यालयबाट काजमा आएको हो सोही विद्यालयमा फर्केर पढाउन जानुपर्ने तर्क राखेको छ भने शिक्षा मन्त्रालयले स्रोत व्यक्ति काजमा गएपछि रिक्त पदमा अर्काे शिक्षक भर्ना भइसकेकाले व्यवस्थापनमा कठिनाइ भएको जनाएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले स्रोत व्यक्तिको समस्याका विषयमा छलफल भइरहेको जानकारी दिँदै उहाँहरुको जागिर गुम्ने अवस्था आउन नहुनेमा आफूहरु गम्भीर भएको बताउनुभयो । स्थानीय विकास मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले संघीयतामा स्रोत व्यक्तिको कुनै औचित्य नभएको जनाउँदै कसैको जागिर बचाउने नाममा प्रणालीले अस्वीकार गर्ने संयन्त्र राख्न नहुने राससलाई बताउनुभयो ।

प्रवक्ता तामाङले भन्नुभयो, “जसको दरबन्दी जहाँ छ, त्यहाँ गएर काम गर्दा हुन्छ । अब स्रोत व्यक्ति र स्रोत केन्द्रको काम छैन ।” स्रोत व्यक्तिको भेलाबाट गठित स्रोत व्यक्ति समाजले आफूहरुको रोजगारीसमेत गुम्ने अवस्था आएको भन्दै स्थानीय विकास मन्त्रालयको निर्णयलाई हचुवाका आधारमा भएक आन्दोलन शुरु गरेको छ ।

स्रोत व्यक्ति समाजका हुतराम अधिकारीले आफूहरुले सामुदायिक विद्यालय शिक्षाको शैक्षिक सूचना व्यवस्थापन र सुपरीवेक्षण प्रणालीमा मेरुदण्डको भूमिका निर्वाह गरिरहेकाले यथावत् राख्नुपर्ने माग गर्नुभयो । नेपालमा तीसको दशकका ग्रामीण विकासका लागि शिक्षा परियोजनाबाट स्रोत केन्द्र र स्रोत व्यक्तिको अवधारणा शुरु भए पनि त्यसयता विभिन्न ढाँचामा यसको सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रियंका रानी जोशी मिस नेपाल
प्रियंका रानी जोशी मिस नेपाल
मुग्लिन–पोखरा सडकमा दुवैतर्फ चार किलोमिटर कालोपत्र
मुग्लिन–पोखरा सडकमा दुवैतर्फ चार किलोमिटर कालोपत्र
हात्तीको आक्रमणबाट महिलाको मृत्यु
हात्तीको आक्रमणबाट महिलाको मृत्यु
आइसीसी टी-२० : नेपाल र ओमानबीच समूह ‘ए’ को अन्तिम खेल हुँदै
आइसीसी टी-२० : नेपाल र ओमानबीच समूह ‘ए’ को अन्तिम खेल हुँदै
माधव नेपाल पक्ष आजबाट विपक्षी गठबन्धनमा नरहने, देउवालाई विश्वासको मत दिनेबारे अन्यौल
माधव नेपाल पक्ष आजबाट विपक्षी गठबन्धनमा नरहने, देउवालाई विश्वासको मत दिनेबारे अन्यौल
मनाेरञ्जन समाचार : किन विवादमा परिन् माधुरी दीक्षित ?
मनाेरञ्जन समाचार : किन विवादमा परिन् माधुरी दीक्षित ?
के छ माओवादी केन्द्रको २१ औं शताव्दीको जनवादमा ?
के छ माओवादी केन्द्रको २१ औं शताव्दीको जनवादमा ?
कोरोना संक्रमित दाजुको मृत्यु संस्कार गर्न बैगलोर पुगेर फर्किएका भाईको संक्रमणबाटै मृत्यु
कोरोना संक्रमित दाजुको मृत्यु संस्कार गर्न बैगलोर पुगेर फर्किएका भाईको संक्रमणबाटै मृत्यु
आर्टेमिस-३ मिशनको लागि चन्द्रमामा नौ सम्भावित अवतरण क्षेत्रहरू पहिचान
आर्टेमिस-३ मिशनको लागि चन्द्रमामा नौ सम्भावित अवतरण क्षेत्रहरू पहिचान
यसरि हुन्छ चारकोशे झाडिमा लागुऔषध कारोवार !
यसरि हुन्छ चारकोशे झाडिमा लागुऔषध कारोवार !

तपाईंले छुटाउनुभयो कि?