त्रिपुरामा मोदीविरुद्ध वाम गठबन्धन भिड्दै

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
३४ पटक हेरिएको
Shares
त्रिपुरामा मोदीविरुद्ध वाम गठबन्धन भिड्दै

सारांश

  • नयाँदिल्ली ।
  • भारतका उत्तर–पूर्वका तीन राज्य मेघालय, नागाल्याण्ड र त्रिपुरामा हुन लागेको विधानसभा चुनावमा वामपन्थीहरुको गढ मानिएको त्रिपुरा राज्यमा यति वेला सबैको ध्यान आकृष्ट भएको छ ।
  • आदिवासी बाहुल्य त्रिपुरामा आइतबार मतदान हुँदैं छ ।

नयाँदिल्ली । भारतका उत्तर–पूर्वका तीन राज्य मेघालय, नागाल्याण्ड र त्रिपुरामा हुन लागेको विधानसभा चुनावमा वामपन्थीहरुको गढ मानिएको त्रिपुरा राज्यमा यति वेला सबैको ध्यान आकृष्ट भएको छ ।

आदिवासी बाहुल्य त्रिपुरामा आइतबार मतदान हुँदैं छ । २५ वर्षदेखि एकछत्र राज्य गर्दै आएको वामपन्थी सरकार र देशको पूर्वोत्तरमा आफ्नो बलियो पकड बनाएको केन्द्र सरकार बजेपीको लागि आदिवासी समुदायको २० सिट महत्वपूर्ण मानिएको छ ।

यसैलाई महत्व दिदै प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार शान्ति बजारमा भव्य भुनावी र्यालीमा सहभागी भएका छन् । ६० सिट भएको त्रिपुरामा ५९ सिटका लागि मतदान हुँदै छ । विधानसभाका उम्मेदवार रामेन्द्र नारायणको मृत्यु भएपछि चारीलाम विधानसभामा भने १२ मार्च मतदान हुने छ ।

त्रिपुराको आदिवासी बहुल २० सिटमा अहिले पनि वामपन्थीको पकड छ । २०१३ मा आदिवासी समुदायलाई लक्षित गर्दै कांग्रेसले नेसनललिस्ट पार्टी अफ त्रिपुरा (आईएनपीटी) सँग गठबन्धन गरेको थियो । तर त्यो परिणाममुखी हुन सकेन र नजिता शुन्य रह्यो ।

२०१३ मा भएको विधानसभा चुनावमा बीजेपीले १.७८ प्रतिशत मत पाएको थियो । तर २०१४ पछि लगातारको मेहनतले बीजेपीले आफ्नो संगठन मजबूत गरेको छ । बीजेपीको अन्य सहयोगी सहयोगी संगठनले पनि शिक्षा, स्वास्थ्य लयागतका क्षेत्रमा उल्लेखनीय काम गरेका छन् जसका कारण अहिले बीजेपीका संगठन बलियो भएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?