बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १८, २०८०
|
|
३७ पटक हेरिएको
Shares
बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

सारांश

  • चन्द्रौटा ।
  • कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ ।
  • बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए ।

चन्द्रौटा । कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए ।

बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी २२ वर्षीया अञ्जनी थारुको चक्कु प्रहार गरी हत्या गरिएको हो ।

आज बिहान ९ बजेतिर दुवै जनालाई चक्कु प्रहार गरिएको थियो । तत्काल उपचारका लागि भतिजीलाई भैरहवा मेडिकल कलेज र काकालाई स्थानीय अस्पताल लगिएको थियो । उनीहरू दुवै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुपन्देहीको कञ्चनका २२ वर्षीय मोहन थारुले उनीहरूमाथि चक्कु प्रहार गरेको प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिए । चक्कु प्रहारपछि दुवैजना गम्भीर घाइते भएका थिए । बमबहादुरको जीतपुरमा उपचारका क्रममा र अञ्जनीको मेडिकल कलेज भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोहन र अञ्जनी विगत दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ । बिहेको प्रस्ताव अस्वीकार गरेपछि हत्या गरेको बताइएको छ । हत्या गर्ने थारुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खोइँछ भर्ने विधि गरिँदै
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भन्छन्, “प्रधानमन्त्री पदमुक्त भइसक्नुभएको छ, एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भन्छन्, “प्रधानमन्त्री पदमुक्त भइसक्नुभएको छ, एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”
सेलिब्रेटि मेनेजमेन्ट नेपालले कलाकारको प्रमोशन एवम् व्यवस्थापन गर्ने
सेलिब्रेटि मेनेजमेन्ट नेपालले कलाकारको प्रमोशन एवम् व्यवस्थापन गर्ने
अर्थशास्त्री वाग्लेले गरे कांग्रेस पार्टी छाडेको घोषणा
अर्थशास्त्री वाग्लेले गरे कांग्रेस पार्टी छाडेको घोषणा
चुनाबको दिन कतै देखिएनन् काङ्रेस सभापति देउवा
चुनाबको दिन कतै देखिएनन् काङ्रेस सभापति देउवा
लोककथा सङ्कलन गर्दै सुदूरपश्चिम विश्वविद्यालय
लोककथा सङ्कलन गर्दै सुदूरपश्चिम विश्वविद्यालय
उमेर नपुग्दै विवाह गर्ने प्रवृत्ति बढ्दै…
पदमार्गको आकर्षण : रैथाने प्रजातिका गुराँस मौरिस हर्गोज
पदमार्गको आकर्षण : रैथाने प्रजातिका गुराँस मौरिस हर्गोज
जलविद्युत् कम्पनीले सर्वसाधारणलाई पहिल्यै साधारण शेयर दिन सक्ने
जलविद्युत् कम्पनीले सर्वसाधारणलाई पहिल्यै साधारण शेयर दिन सक्ने
तिलौराकोट प्राचीन दरबार क्षेत्रमा सरसफाइ
तिलौराकोट प्राचीन दरबार क्षेत्रमा सरसफाइ