त्रियुगा नगरपालिकाको बजेट तथा नीति कार्यक्रम ९ दिनमा पारित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ११, २०७५
|
|
३० पटक हेरिएको
Shares
त्रियुगा नगरपालिकाको बजेट तथा नीति कार्यक्रम ९ दिनमा पारित

सारांश

  • अस्बिन खड्का उदयपुर, ११ साउन ।
  • त्रियुगा नगरपालिकाको चालु आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम ९ दिनमा पारित भएको छ ।
  • गत असार ३२ गतेबाट सुरु भएर एक साता भन्दा बढी समयसम्म रोकिदै चल्दै गरेको तेस्रो नगरसभा अधिवेशनले बजेट तथा नीति कार्यक्रम पारित गरेको हो ।

अस्बिन खड्का

उदयपुर, ११ साउन । त्रियुगा नगरपालिकाको चालु आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम ९ दिनमा पारित भएको छ । गत असार ३२ गतेबाट सुरु भएर एक साता भन्दा बढी समयसम्म रोकिदै चल्दै गरेको तेस्रो नगरसभा अधिवेशनले बजेट तथा नीति कार्यक्रम पारित गरेको हो ।

नगर प्रमुख बलदेव चौधरीले आर्थिक वर्ष २०७५÷७६ का लागि प्रस्तुत गरेको ९७ करोड ५२ लाख ९८ हजार रुपैयाँको बजेट पारित गरेको हो । उदयपुरको सदरमुकाम गाईघाटमा रहेको त्रियुगा नगरपालिकाले चालु आ.व.को बजेट तथा नीति कार्यक्रमले लगभग एक अर्बको बजेट पारित गरेको छ ।

बजेटमा चालुतर्फ ६० करोड र पूँजीगत तर्फ ३७ करोड ५२ लाख ९८ हजार रुपैयाँ विनियोजन गरेको छ । आम्दानीतर्फ संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने बित्तीय अनुदान तथा राजश्व बाँडफाँटबाट ३९ करोड ५२ लाख ९८ हजार रहेको छ भने संघीय सरकारबाट प्राप्त हुने अनुदान ३५ करोड ६५ लाख रहेको छ । विशेष अनुदान १३ करोड ३५ लाख रहेको छ । आन्तरिक आयतर्फ नगरपालिकाले यो वर्ष ५ करोड ५० लाख आम्दानी हुने अनुमान गरेको छ भने २०७४–७५ को संचित कोषको ३ करोड ५० लाख हाराहारी अनुमानित आयव्यय सभाले पारित गरेको हो ।

खर्चतर्फ सडक तथा नगरपालिकाभित्र चक्रपथ (रिङरोड) निर्माण गर्ने, मोतीगडा–फत्तेपुर, मोहनपुर–ककनी, रानीवास–रौता, साउने–धाप्लाङ जस्ता सडकहरुको स्तरोन्नति गर्ने कार्यक्रममा बढी केन्द्रित गरिएको छ । विश्व बैंकको सहयोगमा चक्रपथ निर्माण कार्य प्रारम्भ यसै वर्षबाट गर्नेगरी नीति तथा कार्यक्रमले तय गरेको छ । त्रियुगा सभ्यता र त्रियुगा नदी किरानामा सौर्य ऊर्जा निर्माण गरिने उल्लेख गरिएको छ ।

चिनियाँ कम्पनीसँगको सहकार्यमा त्रियुगा नदी किनारामा यसै वर्षदेखि १५ मेघावाटसम्म विद्युत उत्पादन गरी बिक्री गर्ने योजना छ । तर यो आ.व.को जस्तै स्थानीय उपभोक्ता समितिमार्फत काम गरेमा नगरको बजेट मात्र सकिने काम भने बजेटको आधा मात्र हुने र अनुगमन गर्ने निकायको कमजोरीका कारण यो आ.ब.मा भएका कामहरु हेर्दा बजेट सक्ने काम मात्र भएको एक वडाध्यक्षले बताए । अहिले नगरपालिकाको खर्च र काम हेर्दा नै थाहा हुन्छ कि बजेट अनुसारको खर्चको काम आधा पनि भएको छैन । यसको प्रमुख कारण हो उपभोक्ता समितिको नाममा कार्यकर्ता पालनपोषण भइरहेको नगरवासीहरु बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?