ओली र प्रचण्डबीच फेरि मतभेद

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १२, २०७७
|
|
४२ पटक हेरिएको
Shares
ओली र प्रचण्डबीच फेरि मतभेद

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज बालुवाटारमा गम्भीर छलफल भएको छ ।
  • पार्टी विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनलाई अन्तिम रुप दिन दुई अध्यक्षबीच भएको छलफल निष्कर्षमा पुगेन ।
  • पार्टीमा जिम्मेवारी बाँडफाँडको विषय र केही महत्वपूर्ण बुँदामा केन्द्रित छलफल निष्कर्षमा पुग्न नसकेपछि सचिवालय बैठक १८ भदौका लागि सारिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज बालुवाटारमा गम्भीर छलफल भएको छ । पार्टी विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनलाई अन्तिम रुप दिन दुई अध्यक्षबीच भएको छलफल निष्कर्षमा पुगेन ।

पार्टीमा जिम्मेवारी बाँडफाँडको विषय र केही महत्वपूर्ण बुँदामा केन्द्रित छलफल निष्कर्षमा पुग्न नसकेपछि सचिवालय बैठक १८ भदौका लागि सारिएको छ । भोलि बस्ने बैठकमा कार्यदलको प्रतिवेदनलाई निष्कर्षमा पुर्याई प्रस्तुत गर्ने तयारी भएको थियो । तर, कुरा मिल्न नसकेपछि सारिएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

बालुवाटारमा दुई अध्यक्षबीच छलफलबाट निष्कर्ष निस्कन नसकेपछि कोरोना भाइरसको संक्रमण बढेको भन्दै स्थगित गरिएको जनाइएको छ । यथार्थमा दुई अध्यक्षबीच अझै कुरा मिल्न सकेको छैन । नेकपाभित्र मन्त्रिमण्डल पुर्नगठन पनि छलफलको विषय छ । यसमा पनि दुई अध्यक्षबीच कुराकानी शुरु भएको बुझिएको छ ।

नेकपाभित्र प्रधानमन्त्री ओलीको राजीनामा मागिएपछि विवाद समाधानका लागि कार्यदल गठन गरिएको थियो । कार्यदलप्रति नै केही नेताहरुको असन्तुष्टि रहेको छ ।

(Clonazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गगन थापाले भने : पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिन्छ
गगन थापाले भने : पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिन्छ
काठमाडौँमा कोरोना भाइरस फैलिएको ‘फेक’ अडियो बनाउने पक्राउ
काठमाडौँमा कोरोना भाइरस फैलिएको ‘फेक’ अडियो बनाउने पक्राउ
महाप्रबन्धक शर्मा चीन प्रस्थान
महाप्रबन्धक शर्मा चीन प्रस्थान
भारतमा सङ्क्रमितको सङ्ख्यामा थप वृद्धि, सीमावर्ती बिहारमा ‘पहिलो मृत्यु’
भारतमा सङ्क्रमितको सङ्ख्यामा थप वृद्धि, सीमावर्ती बिहारमा ‘पहिलो मृत्यु’
डिस होमको एक्सन स्पोर्ट्स च्यानलले नेपाली कमेन्ट्रीसहितको विश्वकप फुटबल -२०१८ काे प्रत्यक्ष प्रसारण गर्ने !
डिस होमको एक्सन स्पोर्ट्स च्यानलले नेपाली कमेन्ट्रीसहितको विश्वकप फुटबल -२०१८ काे प्रत्यक्ष प्रसारण गर्ने !
भेनेजुयलामा रूसी भूमिकाप्रति अमेरिका ‘चुप लागी’ बस्दैन : अमेरिकी विदेशमन्त्री
भेनेजुयलामा रूसी भूमिकाप्रति अमेरिका ‘चुप लागी’ बस्दैन : अमेरिकी विदेशमन्त्री
शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किम जोङ उन भियतनामतर्फ प्रस्थान
शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किम जोङ उन भियतनामतर्फ प्रस्थान
विघटित एमाले र माओवादीका आज सूचना पार्टीहरु झिकिंदै
विघटित एमाले र माओवादीका आज सूचना पार्टीहरु झिकिंदै
नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
Leader Nepal leaves for the US
Leader Nepal leaves for the US