धरहरा निर्माणकाे लागी म काेदालाे खन्न र डाेकाेमा इट्टा बाेक्न तयार छु : प्रम ओली
सारांश
- काठमाडौँ, १२ वैशाख ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले धरहरा निर्माण जति सक्दो चाँडो अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
- विसं २०७२ को वैशाख १२ गते गएको भूकम्पबाट पीडितको स्मृतिमा काठमाडौँ महानगरपालिकाद्वारा सुन्धारास्थित भत्किएको धरहराको प्रांगणमा आयोजित ‘मै बनाउँछु मेरो धरहरा’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भूकम्पका कारण मृत्यु हुनेप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।
काठमाडौँ, १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले धरहरा निर्माण जति सक्दो चाँडो अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
विसं २०७२ को वैशाख १२ गते गएको भूकम्पबाट पीडितको स्मृतिमा काठमाडौँ महानगरपालिकाद्वारा सुन्धारास्थित भत्किएको धरहराको प्रांगणमा आयोजित ‘मै बनाउँछु मेरो धरहरा’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भूकम्पका कारण मृत्यु हुनेप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।
अाेलीले साे अवसरमा धरहरा निर्माणकाे लागी अाफु काेदालाे खन्न र डाेकाेमा इट्टा बाेक्न तयार रहेकाे पनि बताएका थिए ।
प्रधानमन्त्री ओलीले अब देश समृद्धि र विकासको बाटोमा अगाडि बढेको बताउँदै धरहरा निर्माणसँगै भूकम्पपछिको नवनिर्माण र पुनःनिर्माणमा सहयोग गर्न सबैसँग अपिल गर्नुभयो ।
“हाम्रो कलात्मकता र सुन्दरतालाई कायम राख्दै पुरानै शैलीमा, भूकम्प आउँदा पनि नभत्किने बलियो धरहरा, रानीपोखरी, काष्ठमण्डप तथा वसन्तपुरका सांस्कृतिक संरचनालगायत अन्य संरचना निर्माणमा सरकार जुटेको छ”– प्रधानमन्त्री ओलीले भन्नुभयो ।
आगामी दिनमा सरकारले सत्ताभन्दा पनि जनता बलियो हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले देशमा समृद्धिवाद आउँदैछ भन्नुभयो । सोही अवसरमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँका भत्किएका घरको पुनःनिर्माणसँगै पुराना घरसमेत भत्काउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, सरकारी उच्च पदस्थ कर्मचारीको सहभागिता रहेको थियो । २०७२ वैशाखमा आजकै दिन गएको विनाशकारी भूकम्पका कारण ३१ जिल्लामध्ये १४ जिल्ला अतिप्रभावित बनेका थिए ।
वैशाख १२ गतेको भूकम्प र त्यसपछि गएका पराकम्पका कारण आठ हजार ९७९ जनाको मृत्यु भएको थियो भने २२ हजार ३०९ घाइते भएका थिए । भूकम्पका कारण करीब रु सात खर्ब रुपैयाँ बराबरको क्षति पुगेको थियो ।
Rajendra Paudel
La la haram to 8 ghanta doko ra khodalo bhokako
Bhakta Bdr Sodari
Hunxa hunxa Garnuparxa
Bishnu Lal Thakali
Ali badi khoknu bhayo pm Jiu.
S Ubash Rb
Tayo hina doko bokara bancha dharahara….kaila bancha tayo chayo
Jayram Chaudhary
फेरि हावा गफ ।
Ramesh Pandey
Aaj samm kati kodalo khodeko xau t …..aaj samm t afnai ghar ko dharhara banaudai xa hola
Yagya Parsad Poudel
Nahuni kuro kati boliko ho desko tulo neta vayra pani
Yogesh Sharma
Ba dharai gaf na Hana hai . Buraskal ma yo garna garo parla
Bal Mukunda Bista
Yastai phataha kiragarer vayani sattama puganuvo abat hunrr grna sakane kura matat grnuni
Lovely Lucky
Gaf vnda kam grnu pryo pm g
ChyangBaa Gurung
Gedajastonews??
Gopal Acharya
Kam garanu paryo
Manish Gongba
Yo kam ngarne khokne manxe le garda desh ko halat kharab hune vo