त्रिशुलीमा बस खस्यो, ३ जनाको मृत्यु, १२ जना घाईते

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २४, २०७६
|
|
४४ पटक हेरिएको
Shares
त्रिशुलीमा बस खस्यो, ३ जनाको मृत्यु, १२ जना घाईते

सारांश

  • काठमाडौं।
  • धादिङको सलाङघाटस्थित त्रिशुली नदीमा बस खस्दा तीन जनाको मृत्यु भएको छ।
  • सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना.

काठमाडौं। धादिङको सलाङघाटस्थित त्रिशुली नदीमा बस खस्दा तीन जनाको मृत्यु भएको छ। सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना. ७४६९ नम्बरको बस शुक्रबार विहान करिब ३ बजेतिर त्रिशुलीमा खसेको हो।

दुर्घटनामा परी अन्य १२ जना घाईते भएको प्रहरीले जनाएको छ। उनीहरुको उद्दार गरी अहिले नजिकको अस्पतालहरुमा उपचारका लागि लगिएको जनाइएको छ। बसमा करिब ३८ जना यात्रु रहेको तर अहिले सम्म १२ जनाको मात्र उद्दार गरिएको छ। अन्य यात्रुहरुको भने खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटना भएको स्थल सडकबाट अफ्ठ्यारो ठाउँमा रहेकाले उद्दार कार्यमा कठिनाई भइरहेको छ। दुर्घटनास्थलसम्म जान पनि डोरीको सहायताले झर्नुपर्ने बताइएको छ।

अहिले नेपाल सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहकार्यमा अन्य घाईतेहरुको उद्दार भइरहेको जनाइएको छ। दुर्घटना के कारण भयो भनी अझै खुल्न सकेको छैन।

तर घटनाको प्रकृति हेर्दा बस चालक निदाएका कारण दुर्घटना भएको र मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा : पूर्वएमाले खरो, माओवादी नरम, बिहान ८ बजे नै स्थायी समिति बैठक
नेकपा : पूर्वएमाले खरो, माओवादी नरम, बिहान ८ बजे नै स्थायी समिति बैठक
शेखर कोइरालाकाे दाबीः फौजदारी मुद्दा लागेकालाई राजनीतिक मुद्दा भनेर छुट दिँदा देशको छवि बदनाम भयो
शेखर कोइरालाकाे दाबीः फौजदारी मुद्दा लागेकालाई राजनीतिक मुद्दा भनेर छुट दिँदा देशको छवि बदनाम भयो
डेढ वर्षभित्रै महाकाली करिडोरको ट्र्याक खुल्छ : प्रमुख सचेतक लेखक
डेढ वर्षभित्रै महाकाली करिडोरको ट्र्याक खुल्छ : प्रमुख सचेतक लेखक
काँग्रेस नेता रामचन्द्र पौडलले मतदान गरे !
काँग्रेस नेता रामचन्द्र पौडलले मतदान गरे !
गर्भावस्थामा खुट्टा सुन्निने समस्या कम गर्ने उपायहरु यस्ता छन्
गर्भावस्थामा खुट्टा सुन्निने समस्या कम गर्ने उपायहरु यस्ता छन्
स्वतन्त्र संघीय सांसद किरण साह एमालेमा  प्रवेश
स्वतन्त्र संघीय सांसद किरण साह एमालेमा प्रवेश
करेन्ट लागेर पोखरामा प्रहरीको मृत्यु
करेन्ट लागेर पोखरामा प्रहरीको मृत्यु
नाम बदलेर सुपरहिट भएका यी बलिउडका अभिनेता
नाम बदलेर सुपरहिट भएका यी बलिउडका अभिनेता
सुपथ मूल्य पसल माघसम्म निरन्तर हुने
सुपथ मूल्य पसल माघसम्म निरन्तर हुने
ओलीलाई कडा प्रश्न : भारतसँग वार्ता गर्ने भन्ने अनि बिथोल्ने गरी निहुँ खोज्दै हिंड्ने? – रामचन्द्र पौडेल
ओलीलाई कडा प्रश्न : भारतसँग वार्ता गर्ने भन्ने अनि बिथोल्ने गरी निहुँ खोज्दै हिंड्ने? – रामचन्द्र पौडेल