रुकुम पूर्वमा बालीघरे प्रथा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १, २०७५
|
|
३३ पटक हेरिएको
Shares
रुकुम पूर्वमा बालीघरे प्रथा

सारांश

  • रुकुम (पूर्व), १ चैत , रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–५ रुमालबाराका डिलबहादुर विक वर्षौंदेखि फलामका विभिन्न सामग्री बनाउँदै आउनुभएको छ ।
  • अहिले पनि उहाँलाई यो पेशा जीवन जिउने गतिलो आधार बनेको छ ।
  • पुख्र्यौली पेशा उहाँले बचाई राख्नुभएको छ ।

रुकुम (पूर्व), १ चैत , रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–५ रुमालबाराका डिलबहादुर विक वर्षौंदेखि फलामका विभिन्न सामग्री बनाउँदै आउनुभएको छ । अहिले पनि उहाँलाई यो पेशा जीवन जिउने गतिलो आधार बनेको छ । पुख्र्यौली पेशा उहाँले बचाई राख्नुभएको छ । बाबुबाजेले गरेको काम हेरेर सिकेको सीपलाई उहाँले निरन्तरता दिनुभएको हो । यो पेशाले उहाँलाई न कुनै आत्मग्लानी छ, न त कुनै दुःख ।

दिनभरि उहाँले गरेको कामको ज्याला कति होला ? सबैलाई आश्चर्य लाग्न सक्छ । कामदारले त एक दिन काम गरेवापत रु पाँच सय ज्याला पाउँछन् । तर उहाँले एक वर्ष काम गरेवापत दुई ‘सिजन’को दुई डोका अन्न पाउनुहुन्छ । यही अन्नले उहाँले परिवार चलाउनुभएको छ । दुई सिजन (मकै र गहुँ पाक्ने समय) उहाँको वर्षभरिको ज्याला उठाउने समय हो । मकै र गहुँ पाक्ने यी दुई सिजनमा जजसका फलाम पिट्नुहुन्छ, तिनै घरमा डोको बोकेर आफ्नो ज्याला लिन पुग्नुहुन्छ ।

घरायसी प्रयोजनमा आउने सामग्री बनाउने, गहुँ, मकै रोप्नेलगायतका काम उहाँले गर्नुहुन्छ । सोही काम गरेवापत उहाँले एक घरबाट दुई सिजनको दुई डोका मकै र गहुँ पाउनुहुन्छ । उमेरले ५० कटिसक्नुभएका विकले सानै उमेरमा बाबुसँगै फलामका सामग्री बनाउन सिक्नुभएको थियो । “एक डोको मकै र गहुँमा वर्ष दिन काम गर्छौँ”, विकले भन्नुभयो, “पुख्र्यौली पेशा हो, छाड्न मन लाग्दैन, पेशा जस्तोसुकै किन नहोस्, आफ्नो पुख्र्यौली पेशाको खुब माया लाग्छ, अनि आफ्नो पेशाप्रति गर्व पनि गर्दछु ।”

भुमे गाउँपालिका–२ गाबाङका पदम कामीले पनि फलाम पिटेरै आफ्नो परिवार चलाउँदै आउनुभएको छ । उहाँ बिहानै आरनमा पुग्नुहुन्छ, चिसो मौसमा आगो ताप्दै फलाम पिट्नुहुन्छ । पाँच सदस्य रहेको परिवार उहाँले अहिलेसम्म फलाम पिटेरै चलाउनुभएको छ । उहाँले पनि वर्ष दिन फलाम पिटेर एक डोको मकै र एक पाथी गहुँ पाउनुहुन्छ । उहाँको खेतबारी पनि धेरै छैन । बालीघरेबाट जुटेको अन्नले नै परिवार चलेको छ ।

हँसिया, कुटोकोदालो, खुकुरी, बञ्चरोलगायतका सामग्री बनाउने गरेको उहाँले बताउनुभयो । “गुजारा चलाउन गाह्रो छैन”, कामी भन्नुहुन्छ, “तर, कमाइ कत्ति पनि हुँदैन ।” पैसा लिएर फलाम पिटाउन आउने निकै कम मात्रामा रहेको र गाउँका सबैले अन्नबाटै फलाम पिटाउने गरेको उहाँले बताउनुभयो ।

पुथा उत्तरगङ्गा गाउँपालिका–५ हुकामका पञ्चाराम विक पनि बिहानै उठ्नुहुन्छ । चियानास्ता खाएर घर नजिकै रहेको आरनतिर लाग्नुहुन्छ । दिनभर फलामका विभिन्न सामग्री बनाउने काम गर्नुहुन्छ । यसरी नै उहाँको दैनिकी बितिरहेको छ । वर्ष दिन फलाम पिट्दै रमाउने उहाँ गाउँमा बाली भित्र्याएको थाहा पाएपछि डोको बोकेर अन्न लिन घरघरमा पुग्नुहुन्छ ।

उहाँहरु जस्तै यहाँका अधिकांशले वर्ष दिन फलाम पिटेर प्रतिघर एक डोको मकै र गहुँ लिँदै आएका छन् । उनीहरु आसपासका गाउँलगायत टाढाटाढाका गाउँसम्म काम गर्न पुग्छन् । जिल्लाका अधिकांश दलित समुदायका बुढापाका अझैसम्म बालीघरेमै आफ्नो पौरख बगाइरहेका छन् ।

पुस्ताँैदेखि चल्दै आएको आरन व्यवसाय पछिल्लो समय समयअनुसार फेरबदल हुन नसक्दा लोप हुने अवस्थामा पुगेको छ । अहिलेको नयाँपुस्ताले यसलाई चासो दिन छाडेका छन् । काम गर्दै आएकाको पनि उमेरले नेटो काट्दै गएको छ । नयाँले सीप सिक्न नचाहने र पुरानाले व्यवसाय छोड्दै जाँदा यो व्यवसाय धरापमा छ ।

अशिक्षा र गरीबीकै कारण उनीहरुले पेशालाई नयाँ रूप दिन नसकेको दलित अगुवा बताउँछन् । पुख्र्यौली पेशालाई छोड्न नचाहँदा थोरै अन्नमा श्रम बेच्न बाध्य भएको स्थानीयवासी दलित समाजका अगुवा सूर्यबहादुर नेपालीले बताउनुभयो । वैकल्पिकरूपमा यस व्यवसायलाई व्यवसायीकरण गर्नुपर्ने उहाँको भनाइ छ ।

सिस्ने गाउँपालिकाले भने गत वर्ष र यस आर्थिक वर्षमा वडा नं ४ अमलाचौर र ५ को रुकुमकोटमा आरन सुधार तालीम सञ्चालन गरेको छ । अमलाचौरमा एउटा आरन स्थापना गरिदिएको गाउँपालिकाले जनाएको छ । यस पेशालाई जोगाइराख्न तथा व्यवसायीकरणमा सहयोग होस् भन्ने हेतुले तालीम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो । उनीहरुका लागि यति मात्र पर्याप्त नभएकाले पेशालाई आधुनिक बनाउनेतर्फ नीति बनाएर अगाडि बढ्ने उहाँले जानकारी दिनुभयो । जिल्लाको भुमे र पुथा उत्तरगङ्गा गाउँपालिकाले पनि नीतिगतरूपमै उनीहरुलाई माथि ल्याउने कार्यक्रम बनाएर अगाडि बढ्ने बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यपालिका सदस्यको परिवारलाई सात लाख आर्थिक सहयोग
कार्यपालिका सदस्यको परिवारलाई सात लाख आर्थिक सहयोग
पानी, हिलो, रङ दलेर मनाइने सिरुवा पर्वमा प्रधानमन्त्रीको शुभकामना
पानी, हिलो, रङ दलेर मनाइने सिरुवा पर्वमा प्रधानमन्त्रीको शुभकामना
…पर्यटनमन्त्रीको ‘कमाई’ रोक्न खोजेपछि ‘न्यौपानेलाई दण्ड’
…पर्यटनमन्त्रीको ‘कमाई’ रोक्न खोजेपछि ‘न्यौपानेलाई दण्ड’
सम्झौताको ४५ महिनामा पनि सुरु भएन पुल निर्माण
सम्झौताको ४५ महिनामा पनि सुरु भएन पुल निर्माण
प्रधानमन्त्री दाहाल र बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलबीच भेटवार्ता
चर्चामा पानीजहाज : केपी ओलीको सपना पुरा गरिन् शितल शर्माले (भिडियोसहित)
चर्चामा पानीजहाज : केपी ओलीको सपना पुरा गरिन् शितल शर्माले (भिडियोसहित)
कोरोना कहरः भक्तपुरमा घरबाहिर निस्कन निषेध
कोरोना कहरः भक्तपुरमा घरबाहिर निस्कन निषेध
राष्ट्रपतिका लागि महँगो गाडीको प्रस्ताव आएको छैनः प्रधानमन्त्री
राष्ट्रपतिका लागि महँगो गाडीको प्रस्ताव आएको छैनः प्रधानमन्त्री
सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला
सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला
वाम गठबन्धनले दुई तिहाई ल्याउँछ, ६ वटा प्रदेशमा सरकार बनाउँछ : पोखरेल
वाम गठबन्धनले दुई तिहाई ल्याउँछ, ६ वटा प्रदेशमा सरकार बनाउँछ : पोखरेल

तपाईंले छुटाउनुभयो कि?