त्रिशूली नदीमा बस खस्यो : १९ जनाको शव भेटियो, २० भन्दा बढी हराएको अनुमान

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ११, २०७४
|
|
५० पटक हेरिएको
Shares
त्रिशूली नदीमा बस खस्यो : १९ जनाको शव भेटियो, २० भन्दा बढी हराएको अनुमान

सारांश

  • काठमाडौं, कात्तिक ११ – (अपडेट) धादिङको गजुरी नजिकबाटै त्रिशूली नदीमा खसेको बसबाट १९ जनाको शव निकालिएको छ ।
  • अहिलेसम्म तीन बालक, एक बालिका, ७ महिला र ८ जना पुरुषको शव निकालिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
  • अहिलेसम्म सप्तरीका ६ वर्षका आदित्य यादव र भारत मधुवनीकी ममतादेवी ठाकुरको मात्र पहिचान भएको प्रहरीले जनाएको छ ।

काठमाडौं, कात्तिक ११ – (अपडेट) धादिङको गजुरी नजिकबाटै त्रिशूली नदीमा खसेको बसबाट १९ जनाको शव निकालिएको छ । अहिलेसम्म तीन बालक, एक बालिका, ७ महिला र ८ जना पुरुषको शव निकालिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

अहिलेसम्म सप्तरीका ६ वर्षका आदित्य यादव र भारत मधुवनीकी ममतादेवी ठाकुरको मात्र पहिचान भएको प्रहरीले जनाएको छ । अरुको परिचय खुल्न बाँकी छ । सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको ना ६ ख १४६७ नम्बर बस शनिबार बिहान गजुरी नजिकै घाटबेसीको बाँङ्गेमोड भन्ने ठाउँबाट त्रिशूली नदीमा खसेको हो ।

प्रहरी र सेनाको गोताखोरले नदीमा डुबेको गाडी भित्र पसेर खोजी गरिरहेका छन् । बस नदीमा खस्दा घाइते भएका १६ जनाको उद्धार गरिएको छ ।

घाइते मध्ये सप्तरीको राजविराज–६ का दुर्गानन्द चौधरी र अभिषेक चौधरीको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भैरहेको छ भने अरुको गजुरी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

५५ जनाले टिकट काटेर चढेकाले २० जना भन्दा बढी हराइरहेको अनुमानमा खोज तथा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ