राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक निर्माणमा अवरोध

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १९, २०७५
|
|
५५ पटक हेरिएको
Shares
राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक निर्माणमा अवरोध

सारांश

  • वीरगन्ज, १९ असार ।
  • राष्ट्रिय गौरवको योजना हुलाकी राजमार्ग निर्माणमा स्थानीयवासीले अवरोध सिर्जना गरेका छन् ।
  • पर्साको जिराभवानीको चमरी टोलदेखि ठोरीको चौतारासम्म निर्माण भइरहेको ३० किलोमिटर सडक खण्डमा ठोरी गाउँपालिका विजयवस्तीका केही युवाले ठेकेदार कम्पनीको गाडीमा तोडफोड गर्दै काम ठप्प पारेका छन् ।

वीरगन्ज, १९ असार । राष्ट्रिय गौरवको योजना हुलाकी राजमार्ग निर्माणमा स्थानीयवासीले अवरोध सिर्जना गरेका छन् । पर्साको जिराभवानीको चमरी टोलदेखि ठोरीको चौतारासम्म निर्माण भइरहेको ३० किलोमिटर सडक खण्डमा ठोरी गाउँपालिका विजयवस्तीका केही युवाले ठेकेदार कम्पनीको गाडीमा तोडफोड गर्दै काम ठप्प पारेका छन् ।

सडक निर्माण गुणस्तरहीन भएको भन्दै शनिबार राति ९ बजेतिर निर्माण कम्पनीको बा १६ च ८८३४ नम्बरको गाडी नियन्त्रणमा लिएका थिए । चालक राजकुमार बाइवालाई कुटपिट गरेका थिए ।

योजनाको प्रबन्धक मनोज सिग्देल दौडेर नजिकैको प्रहरी चौकीमा पुगेर जोगिएका थिए । सिग्देलले प्रहरीको सुरक्षामा राति नै अर्को गाउँमा शरण लिएर बसेको जानकारी दिए । उनले त्रासको वातावरण भएकाले काम गर्ने वातावरण नभएको बताए । योजनाको ९ वटा ट्रिपरलाई पनि उनीहरले दिनभरि नियन्त्रणमा राखेका थिए ।

आइतबार बिहानैदेखि उक्त क्षेत्रमा ठूलो परिमाणमा सुरक्षाकर्मी परिचालन गरिएको थियो । प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाको नेतृत्वमा टोली जिल्लाबाट गएको थियो । प्रहरीले स्थानीयसँग छलफल गरी गुणस्तरीयताको उजुरी सम्बन्धित निकायमा दिन र निर्माण कार्य सुचारु गर्ने विषयमा छलफल चलाएको थियो ।

उक्त ३० किलोमिटर सडक खण्डको निर्माण ठेक्का कालिका र बानिया कम्पनीले संयुक्तरूपमा १ अर्ब २० करोड रुपैयाँमा सकार गरेका छन् । गुणस्तरहीन निर्माणको आरोप लगाइए पनि ठेकेदार कम्पनीले भने केही स्थानीयबाट पटकपटक पैसा माग गरिएको दाबी गरेको छ । “अनेक खालका धम्कीहरु आउँछन”, प्रबन्धक सिग्देलले भने, “दिनहुँ ५÷६ जनाले फोनमै धम्की दिन्छन्, भेटेरै भत्ता र खर्च समेत माग्छन् ।” साइट इन्चार्ज गिरीश गुरुङले सम्झौता भएको ३० महिनाभित्र योजना निर्माण सम्पन्न गर्नका लागि सबै स्रोतसाधन जुटाएर काम थालेको र गुणस्तरहीन प्रमाणित भए दण्डित हुन तयार रहेको बताए । समयमै ठेक्का सम्पन्न नभए जरिवाना तिर्नुपर्ने भएको र एक दिन मात्र निर्माण कार्य अवरोध हुँदा झन्डै २० लाख रुपैयाँ ठेकेदार कम्पनीको नोक्सान हुने उनले बताए ।

पूर्वगाविस अध्यक्ष लालबहादुर श्रेष्ठले दिगो र गुणस्तरीय निर्माण नभएकाले विरोध गरेको जनाए । मधेसको लाइफलाइन निर्माणको ठेक्का लागेपछि सबै हर्षित भएको बताउँदै ठेकेदारको गुणस्तरहीन काम देखेर सबै दुखित भएको उनले बताए ।

ठेकेदारकै गाडी समेत निर्माण गरिएको सडकमा अडकिने गरेको उनको दावी छ । “निर्माणको गुणस्तरीयताबारे ठेकेदारलाई धेरैपटक जानकारी गराएको तर कुनै चासो लिँदैनन्”, श्रेष्ठले भने, “स्थानीय जनप्रतिनिधिलाई पनि मतलब छैन ।” उनका अनुसार कसैले चासो नलिएपछि स्थानीय प्रतिभा युवा क्लबका युवाहरू भेला भई संघर्ष समिति गठन गरेका छन् । ठेकेदारसँग कसैले पैसा मागेको भए कारबाही गर्न तयार रहेको पूर्व अध्यक्ष श्रेष्ठको दावी छ ।

भारत सरकारको लगानीमा निर्माण भइरहेको हुलाकी राजमार्गको कन्सल्टेन्ट पनि भारतीय नै छन् । भारतीय कन्सल्टेन्टकै रोहबरमा प्रयोगशाला परीक्षण गरी निर्माण भइरहेको योजना प्रबन्धक सिग्देलको दावी छ । केही स्थानीयले गुणस्तरीयताको प्रश्न उठाएको क्षेत्रमा सव–ग्रेड्रिङको काम मात्र भएको छ, तीन तहको ग्रेभल गर्नै बाँकी रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शनिबार विहान ११ बजे बस्नेगरि नेकपा स्थायी कमिटी बैठक स्थगित्
शनिबार विहान ११ बजे बस्नेगरि नेकपा स्थायी कमिटी बैठक स्थगित्
अमेरिकी चुनावः तीन प्रमुख राज्यमा ह्‍यारिस ट्रम्पभन्दा अगाडि
अमेरिकी चुनावः तीन प्रमुख राज्यमा ह्‍यारिस ट्रम्पभन्दा अगाडि
पुरुष भलिबलमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो स्वर्ण
पुरुष भलिबलमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो स्वर्ण
गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि : महामन्त्री कोइराला
गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि : महामन्त्री कोइराला
प्रेमिकाको हत्यापछि अस्ट्रेलियामा नेपालीले गरे आत्महत्या
प्रेमिकाको हत्यापछि अस्ट्रेलियामा नेपालीले गरे आत्महत्या
कालीकोट का शाह बाँके प्रदेशसभाको उम्मेद्वार ।
कालीकोट का शाह बाँके प्रदेशसभाको उम्मेद्वार ।
“Site Oficial Da Mostbet No Brasil ️ Registro Rápido Mostbet Brasil Cassino Online 24 7 At The Empresa De Apostas? Caça-níqueis Licenciados, Fameuses Chances, Bônus Generosos E Promoções ️ Jogue De Graça Ou Por Dinheiro
रु छ करोडको लगानीमा बिरामी आवास भवन
रु छ करोडको लगानीमा बिरामी आवास भवन
रोल्पामा मतपेटिकामा एसिड राखेपछि रोकिएको मतदान सुरु
रोल्पामा मतपेटिकामा एसिड राखेपछि रोकिएको मतदान सुरु
को को बन्दै माओवादी बाट  मन्त्री (नामसहित)
को को बन्दै माओवादी बाट मन्त्री (नामसहित)