१५ सय घुस लिने कम्प्युटर अपरेटर रंगेहात पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १९, २०७५
|
|
२२ पटक हेरिएको
Shares
१५ सय घुस लिने कम्प्युटर अपरेटर रंगेहात पक्राउ

सारांश

  • काठमाडौं ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको इलाका प्रशासन कार्यालयमा काम गर्ने एक कम्युटर अपरेटरले १५ सय रुपैयाँ घुस लिएको भन्दै पक्राउ गरेको छ ।
  • इलाका प्रशासन कार्यालय, सिमरा बारामा काम गर्ने सहायक कम्प्युटर अपरेटर राज्यनारायण साहले नागरिकता प्रमाणपत्र बनाईदिने भन्दै सेवाग्राहीसँग घुस मागेको बताइएको छ ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको इलाका प्रशासन कार्यालयमा काम गर्ने एक कम्युटर अपरेटरले १५ सय रुपैयाँ घुस लिएको भन्दै पक्राउ गरेको छ ।

इलाका प्रशासन कार्यालय, सिमरा बारामा काम गर्ने सहायक कम्प्युटर अपरेटर राज्यनारायण साहले नागरिकता प्रमाणपत्र बनाईदिने भन्दै सेवाग्राहीसँग घुस मागेको बताइएको छ । विभिन्न बहाना बनाई घुस मागेर नागरिकता नदिएको उजुरी परेप िअख्तियारको कार्यालय, हेटौंडाबाट टोली पुगेको थियो ।

अख्तियारको टोलीले राज्यनारायण साहलाई १ हजार ५ सय रुपैयाँ घुसबापत रकम लिइसकेको बेला बुधबार पक्रेको हो । पछिल्लो समयमा अख्तियारले घुस लिने कर्मचारीलाई पक्रन थालेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?