थाहा पाउनुहोस् आइतबारको राशिफल

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३०, २०८१
|
|
२८ पटक हेरिएको
Shares
थाहा पाउनुहोस् आइतबारको राशिफल

सारांश

  • मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिलेको उपलब्धिले काममा हौसला जगाउनेछ।
  • विगतका कमजोरीलाई पनि सुधार गर्ने मौका छ।
  • नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्।

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ

पहिलेको उपलब्धिले काममा हौसला जगाउनेछ। विगतका कमजोरीलाई पनि सुधार गर्ने मौका छ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। काम बन्नुका साथै धनलाभ हुनेछ। बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुन सक्छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। तर अधैर्य व्यवहारले आत्मसम्मानमा बाधा पुर्याउनेछ।

वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अरूकाे विश्वास गर्दा गोपनीयता बाहिरिन सक्छ। अवसरवादीहरूले फाइदा उठाउन सक्छन्। आलोचकहरू बढ्नेछन् भने वादविवादले समस्या निम्त्याउन सक्छ। तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। तर लाभ उठाउन निकै हाेसियार रहनुपर्ने समय छ। मिहिनेतीहरूलाई उपलब्धि प्राप्त हुनेछ।

मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह

अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्।

कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

हडबड गर्नाले काम बिग्रन सक्छ। साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइनेछ। तापनि नयाँ योजनातर्फ अग्रसर भइनेछ। समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। व्यापार, कृषिकर्म तथा पशुधनबाट लाभ उठाउन सकिनेछ।

सिंह :मा, मि, मु, मे, मो, टा, टि, टु, टे

जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा समस्या पर्ला। काममा प्रतिस्पर्धा बढ्नेछ र सहयोगीहरू पछि हट्नेछन्। दाजुभाइमा असमझदारी बढ्न सक्छ। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने समय रहेको हुँदा सजग रहनुहोला। सावधानीले उपलब्धि जाेगिनेछ।

कन्या : टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुपर्ला। अर्थ अभाव भए पनि तत्कालको खाँचो टर्नेछ। आजको मिहिनेतले भविष्यमा फाइदा दिनेछ।

तुला : र, रि, रु, रे, रो, ता, ति, तु, ते

आगन्तुकले अलमल्याउने हुँदा काममा बाधा हुनेछ। अरूको फाइदाका लागि उपयोग भइएला। गुनासाे सुनाउँदा आफ्नो सूचना बाहिरिन सक्छ, सजग रहनुहोला। पहिलेका कमजोरी सच्याउन काम दाेहाेर्याउनुपर्ला। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्न सक्छ। सावधानीले उपलब्धि जाेगाउन सकिनेछ। स्वास्थ्यका लागि आहार–विहारमा ध्यान पुर्याउनुहाेला।

वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु

आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर बन्नेछन्। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। तापनि पहिलेका कमजोरी सच्याउन सकिनेछ। बसाइको स्थानान्तरण वा टाढाको यात्रा सम्भावना देखिन्छ।

धनु : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आँटले काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। मनग्य आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। थोरै लगानीबाट धेरै नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।

मकर : भो, ज, जि, खि, खु, खे, खो, गा, गि

बेलामा होस नपुर्याउँदा काममा बाधा पर्न सक्छ। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। आवश्यक पर्दा सहयोग गर्नेहरू कमै भेटिनेछन्। अप्ठ्याराे काम आँट गर्दा सम्पादन गर्न समय लाग्नेछ। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ। तापनि नियमित काम सम्पादन हुनेछन्। मिहिनेतले केही न केही उपलब्धि हातपार्न सफल भइनेछ।

कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, द

कम मिहिनेतमै काम बन्नाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउन सक्छ। व्यापारमा मनग्य फाइदा हुनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नुका साथै प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर नाम र दाम कमाउने बेला छ। धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ।

मीन : दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अवसर प्राप्त भए पनि आफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्नेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच महिनापछि वर्षा भएकामा किसान खुसी
पाँच महिनापछि वर्षा भएकामा किसान खुसी
कमल थापाले घण्ट बजाँउदै भने ‘नेपाललाई हिन्दु राष्ट्र बनाउछौँ’
कमल थापाले घण्ट बजाँउदै भने ‘नेपाललाई हिन्दु राष्ट्र बनाउछौँ’
ओली र स्वराजबीच ‘वान टु वान’ वार्ता !
ओली र स्वराजबीच ‘वान टु वान’ वार्ता !
ढिकुरे बजारसहित निषेधित क्षेत्र घोषणा
ढिकुरे बजारसहित निषेधित क्षेत्र घोषणा
उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको ‘बदमासी’ बाहिर आएपछि..
उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको ‘बदमासी’ बाहिर आएपछि..
सत्ता गठबन्धनबाट जनमोर्चा बाहिरियो, अब एमसीसीको विरोधमा आन्दोलन गर्ने
सत्ता गठबन्धनबाट जनमोर्चा बाहिरियो, अब एमसीसीको विरोधमा आन्दोलन गर्ने
सिट बाँडफाँटको टुङ्गो लगाउन आज पनि गठबन्धन दलबीच छलफल हुँदै
सिट बाँडफाँटको टुङ्गो लगाउन आज पनि गठबन्धन दलबीच छलफल हुँदै
मधेश प्रदेशमा मन्त्रिपरिषद विस्तार, को–को बने मन्त्री ?
मधेश प्रदेशमा मन्त्रिपरिषद विस्तार, को–को बने मन्त्री ?
आर्थिक क्षेत्रमा आएको उत्साहको सन्देश पाँच दलीय गठबन्धन अन्त्य हुनुपर्थ्यो भन्ने हो : महासचिव पोखरेल
आर्थिक क्षेत्रमा आएको उत्साहको सन्देश पाँच दलीय गठबन्धन अन्त्य हुनुपर्थ्यो भन्ने हो : महासचिव पोखरेल
सकसमा एमाले
सकसमा एमाले

तपाईंले छुटाउनुभयो कि?