प्रहरी चौकीनजिकै प्रहरीको हत्या

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १४, २०७४
|
|
२० पटक हेरिएको
Shares
प्रहरी चौकीनजिकै प्रहरीको हत्या

सारांश

  • धादिङ ।
  •  उत्तरी धादिङको खनियाबास गाउँपालिकास्थित दार्खा प्रहरी चौकीमा कार्यरत नेवाल प्रहरीका प्रहरी सहायक निरीक्षक असई वीरबहादुर गुरुङ मृत अवस्थामा फेला परेका छन् ।
  • आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

धादिङ । उत्तरी धादिङको खनियाबास गाउँपालिकास्थित दार्खा प्रहरी चौकीमा कार्यरत नेवाल प्रहरीका प्रहरी सहायक निरीक्षक असई वीरबहादुर गुरुङ मृत अवस्थामा फेला परेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रहरी चौकी नजिकै बिहीबार राति उनको हत्या गरिएको अवस्थामा शव भेटिएको घटनास्थलबाट स्थानीय मरिचमान तामाङले जानकारी दिए।  खुट्टा तथा शरीरका विभिन्न भागमा चोटपटक देखिएको स्थानीयले बताए ।

घटनास्थल प्रहरी चौकीबाट अन्दाजी १ सय मिटरको दूरीमा रहेको तामाङले बताए । बिहीबार राति ११ बजेसम्म प्रहरी चौकीकै टेन्टमा सुतेका गोर्खा निवासी असई गुरुङलाई बाहिर बोलाई हत्या गरिएको आशंका गरिएको छ ।

प्रहरी चौकी नजिकै प्रहरीकै रहस्यमय हत्या भएपछि दार्खाबासी आतंकित बनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?