जरिवानावापतको लगत उठेन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १२, २०७५
|
|
२१ पटक हेरिएको
Shares
जरिवानावापतको लगत उठेन

सारांश

  • बुटवल, १२ असोज ।
  • उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा जरिवानावापतको लगत रु ५८ करोड ८६ लाख २१ हजार उठ्न सकेको छैन ।
  • सो अदालतले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा मुख्य न्यायाधिश कुमार पोखरेलले दण्ड जरिवानावापतको रकम उठाउने जिम्मेवारी प्रहरीको भए पनि दण्ड जरिवाना लागेका अभियुक्तको मृत्यु भएका कारण जरिवानाको लगत उठ्न नसकेको बताउनुभयो ।

बुटवल, १२ असोज । उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा जरिवानावापतको लगत रु ५८ करोड ८६ लाख २१ हजार उठ्न सकेको छैन ।सो अदालतले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा मुख्य न्यायाधिश कुमार पोखरेलले दण्ड जरिवानावापतको रकम उठाउने जिम्मेवारी प्रहरीको भए पनि दण्ड जरिवाना लागेका अभियुक्तको मृत्यु भएका कारण जरिवानाको लगत उठ्न नसकेको बताउनुभयो । उच्च अदालत तुलसीपुर, बुटबल इजलास अदालतअन्तर्गत रुपन्देही जिल्ला अदालतको रु १७ करोड ८३ लाख ५८ हजार, कपिलवस्तु जिल्ला अदालतको रु ४ करोड ५५ लाख ४२ हजार, नवलपरासी जिल्ला अदालतको रु ११ करोड ५५ लाख ७० हजार, पाल्पा जिल्ला अदालतको रु ६ करोड ७३ लाख ३ हजार, गुल्मी जिल्ला अदालतको रु १७ करोड ६५ लाख ३२ हजार र अर्घाखाँची जिल्ला अदालतको रु ५३ लाख १३ हजार लगत उठन सकेको छैन ।

लगत अदालत स्थापना भएदेखि अहिलेसम्मको हो । चालू आवको भदौ मसान्तसम्म रु एक करोड १६ लाख ७ हजार लगत दण्ड जरिवानाको सङ्कलन भएको छ । सो अवसरमा मुख्य न्यायाधिश पोखरेलले न्यायाधिशको एकल प्रयासबाट मात्रै न्याय सम्पादन हुन नसक्ने उललेख गर्दै अदालती प्रक्रिया ढिलो हुने गरेको बताउनुभयो । उहाँले मातहतका अदालतमा दुई वर्ष नाघेका मुद्दा पनि भएको जानकारी दिँदै मुद्दामा फैसला मात्रै हँुदैन मेलमिलाप पनि हुन्छ भन्नुभयो । उच्च अदालत तुलसीपुर बुटवल इजलासका रजिष्ट्रार ठगिन्द्र कट्टेलले मानव शंसाधन, बजेट तथा स्रोत साधनलगायतका विभिन्न समस्या र चुनौती अदालतसँग रहेको बताउनुभयो ।

(goldchannel.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?