थाहा पाउनुहोस आजको राशीफल

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ७, २०७८
|
|
२६ पटक हेरिएको
Shares
थाहा पाउनुहोस आजको राशीफल

सारांश

  • मेष (चु.
  • चे.
  • चो.

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
मेष राशिको लागि आजको दिन धनलाभ हुनसक्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ । सकारात्मक सोच राखेर मात्र काम गर्नुपर्ने छ । आजको दिन शिवालय यात्रा गर्दा मनका इच्छा पूरा हुँदै जानेछ । मौन रहेर आफनो काम गर्नु उत्तम हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
वृष राशिका व्यक्तिले विगतमा गरेको कामबाट मानसम्मान मिल्नेछ । मनमा निरासा छाउने छ । पारिवारिक समस्याका कारण आय भन्दा ब्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला । आजको दिन मौन रहनु तपाईहरुको लागि शुभ हुनेछ । कसैसँग विवाद हुने काम र कुरा नगर्नुहोला।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
तपाईको आजको समय र दिन अनुकुल रहेको छ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । तपाईलाई मानसम्मान मिल्नेछ । सहयोगी भावका कारण तपाईलाई सन्तोष मिल्नेछ । सकारात्मक सोच राखेर कुनै पनि काम गर्दा सफल हुनसक्नुहुनेछ । कसैप्रति भैरभाव राखेर काम नगर्नुहोला । सोचपूर्वक दिनकार्य गर्नु उत्तम हुनेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
तपाईलाई आजको दिन मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन विहान शिवालय र नवग्रह दर्शन गर्दा तपाईका संकट समस्या समाधान हुनसक्छ । आत्मबल बलियो बनाएर काम गर्दै जानुभयो भने सफलता प्राप्त हुनेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा तपाईलाई फाइदा हुनेछ । मित्रहरुको साथ र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नैं बुद्धिमानी हुनेछ । विवाद हुँदा तपाईमाथि नैं आरोप लाग्न सक्छ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
कन्या राशिका जातका लागि आजको दिन शुभ रहेको छ । तपाईले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा सफल हुनुहुनेछ । शिवालयको यात्रा गरेर केही खानेकुरा वितरण गर्नु भयो भने उत्तम हुनेछ । आजको दिन व्रत बस्नु उत्तम मानिन्छ । कुमारी कन्यालाई बस्त्र र भोजन दिनु उत्तम हुनेछ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
तपाईले आजको दिन शुरु गरेको कामले सफलता प्राप्त गर्नेछ । ब्यापार ब्यबसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । चन्द्रमाको साथ रहेको छ । विहान सूर्योदयको दर्शन गर्नाले मनमा शान्ति हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईलाई मनमा उर्जा थप गर्नेछ । आजको दिन सतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
आजको दिन यात्रा अवरोध आउनसक्छ । त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । आजको दिन तपाईले गरेको कामको प्रसंसा हुनेछ । मानसम्मान मिल्नसक्नेछ । सरकारी कार्यालयका अधिकारीहरुलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
तपाईले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ। देवालय र शिवालयको यात्रा तपाईको लागि आज फलदायी हुनेछ । कुमारी कन्या र बृद्ध मानिसलाई खानेकुरा वस्त्र उपहार दिनुभयो भने मनमा सन्तोष छाउने छ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
तपाईको लागि आज अर्थलाभ हुने संभावना छ । कसैलाई सापटी दिनुभएको छ भने आजको दिन पनि प्राप्त हुनसक्छ । तर, मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यहरुसँग लेनदेनमा विवाद समाधान हुनेछ । आज विहान सूर्योदयको दर्शन गर्नुहोला ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
आजको दिन तपाईले गर्ने यात्राले मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्चनु भएको छ भने सम्मान मिल्नेछ । दाम्पत्य जीवनमा खुसियाली छाउने छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ । त्यसैले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
मीन राशिका जातकले सोमबार शुरु गरेका काम साताभित्र सकिने छ । त्यसैले आजको दिन कुनै शुभ कामको शुरुवात गर्नुभयो भने त्यो काम यही साताभित्र सकिने छ । मीन राशिका जातकले मौन रहनु वेश हुनेछ । कसैप्रति बैरभाव नराखी आफ्नो नियमित काम गर्नुहोला शिवालय यात्राले तपाईमा आत्मबल बृद्धि हुँदै जानेछ । [image: rashiphal.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पशुपतिनाथ, मठ मन्दिर सुनसान
पशुपतिनाथ, मठ मन्दिर सुनसान
रुसी राष्ट्रपति पुटिनका आलोचक पत्रकारको हत्या
रुसी राष्ट्रपति पुटिनका आलोचक पत्रकारको हत्या
भरतपुरमा बन्न थाले यस्ता रिङरोड र लिङक रोडहरू, अध्यक्ष प्रचण्डद्वारा शिलान्यास
भरतपुरमा बन्न थाले यस्ता रिङरोड र लिङक रोडहरू, अध्यक्ष प्रचण्डद्वारा शिलान्यास
महासंघ र काउन्सिलले मुलुकी (फौजदारी) र मुलुकी (देवानी) संहिताबारे छलफल गर्दै
महासंघ र काउन्सिलले मुलुकी (फौजदारी) र मुलुकी (देवानी) संहिताबारे छलफल गर्दै
भूमि समस्या समाधान हुनुपर्छ
सीमित स्रोतका कारण केही योजनामा बजेट विनियोजन भएन : पर्यटनमन्त्री
सीमित स्रोतका कारण केही योजनामा बजेट विनियोजन भएन : पर्यटनमन्त्री
व्यवसायिक तीते करेला खेती कसरी गर्ने ?
व्यवसायिक तीते करेला खेती कसरी गर्ने ?
प्रचण्डलाई ‘पुष्पकाल’ भन्दै गोकुल बाँस्कोटाले दिए यस्तो चेतावनी
प्रचण्डलाई ‘पुष्पकाल’ भन्दै गोकुल बाँस्कोटाले दिए यस्तो चेतावनी
ओली र प्रचण्डले हिजो प्रसाईंकोमा भात खाए, आज सातो खाए
ओली र प्रचण्डले हिजो प्रसाईंकोमा भात खाए, आज सातो खाए
अंग्रेजी नयाँ बर्षमा बससेवाको अफर, अनलाइनबाट टिकट काट्दा निुशल्क यात्रा गर्न पाइने
अंग्रेजी नयाँ बर्षमा बससेवाको अफर, अनलाइनबाट टिकट काट्दा निुशल्क यात्रा गर्न पाइने

तपाईंले छुटाउनुभयो कि?