क्रिकेटको नयाँ कप्तान रोहित

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २६, २०७९
|
|
२६ पटक हेरिएको
Shares
क्रिकेटको नयाँ कप्तान रोहित

सारांश

  • कामठाडौं।
  • नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त गरेको छ।
  • क्यानले उपकप्तान रोहितलाई कप्तानमा नियुक्त गरेको हो।

कामठाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त गरेको छ। क्यानले उपकप्तान रोहितलाई कप्तानमा नियुक्त गरेको हो। तत्कालिन कप्तान सन्दिप लामिछानेमाथि नाबालिक बलात्कारको आरोपमा मुद्दा परेसँगै क्यानले उनलाई राष्ट्रिय टोलीसगै कप्तानबाट समेत बर्खास्त गरेको थियो। हाल सन्दिप पुर्पक्षका लागि केन्द्रिय कारागार सुन्धारामा छन्।

रोहितले सन् सन् २०१८ अगस्ट तीनमा नेदरल्यान्ड्सविरुद्धको खेलसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट एक दिवसीय क्रिकेटमा डेब्यु गरेका थिए। रोहितले सन् २०१९ जनवरी ३१ मा युएईविरुद्धको खेलसँगै अन्तर्राष्ट्रिय ट्वान्टी२० खेलमा डेब्यु गरेका थिए।

उनले नेपालबाट १९ एक दिवसीय खेलमा सात सय पाँच रन बनाएका छन् भने १६ ट्वान्टी-२० खेलमा दुई सय २० रन जोडेका छन्। रोहितको कप्तानीमा नेपालले घरेलु मैदानमा युएईविरुद्धको तीन एक दिवसीय शृंखला खेल्नेछ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://accounts.binance.com/zh-TC/register?ref=VDVEQ78S

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?