इस्लामिक स्टेटका नेता बगदादीको भिडियो सार्वजनिक, इराकमा हारेको बदला श्रीलंकाबाट लिएको दाबी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १७, २०७६
|
|
२१ पटक हेरिएको
Shares
इस्लामिक स्टेटका नेता बगदादीको भिडियो सार्वजनिक, इराकमा हारेको बदला श्रीलंकाबाट लिएको दाबी

सारांश

  • बीबीसी।
  • आतंकवादी संगठन इस्लामिक स्टेटका नेता अबु बकर–बगदादीको एउटा भिडियो सार्वजनिक भएको छ।
  • उक्त भिडियोमा बगदादीले आफ्नो समूहले श्रीलंकामा विस्फोट गराएको दाबी गरेका छन्।
बीबीसी। आतंकवादी संगठन इस्लामिक स्टेटका नेता अबु बकर–बगदादीको एउटा भिडियो सार्वजनिक भएको छ। उक्त भिडियोमा बगदादीले आफ्नो समूहले श्रीलंकामा विस्फोट गराएको दाबी गरेका छन्। यदि यो भिडियोको स्वतन्त्र रुपमा पुष्टि भयो भने विगत पाँच वर्षमा बगदादीको यो पहिलो भिडियो  हुनेछ।
बगदादीलाई अन्तिम पटक २०१४ मा देखिएको थियो। नयाँ भिडियोमा बगदादीले इराकमा इस्लामिक स्टेटले अन्तिम गढ मानिने बागुजलाई जोगाउन नसकिएको स्वीकार गरेका छन्।
यो भिडियो इस्लामिक स्टेटका मिडिया नेटवर्क अल–फुरकानले पोस्ट गरेका छन्। भिडियो अप्रिलमा पोस्ट गरिएको छ। तर, यो भिडियो कहिले रेकर्ड गरिएको हो भन्ने खुलेको छैन।
भिडियोमा बगदादीले इराकको बाजुगसँगै श्रीलंकामा इस्टरमा भएको आक्रमणको पनि चर्चा गरेका छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार बगदादीले इराकी शहर बागुजमा भएको इस्लामिक स्टेटको पतनको बलदा लिनकालागि श्रीलंकामा इस्टर सण्डेको अवसर पारेर आक्रमण गरेको उल्लेख गरेका छन्। यद्यपी यो भिडियोको स्वतन्त्र पुष्टि भनेको भएको छैन।
यो भिडियोको उद्देश्य के हो भने हारपछि पनि इस्लामिक स्टेट समाप्त भएको छैन। र आफ्नो टाउकोमाथि अढाइ करोड अमेरिकी डलरको तोकिएपनि इस्लामिक स्टेटका नेता अबु बकर–बगदादी अझै जिवितै छन् र उनीलाई नियन्त्रणमा लिन सकिएको छैन।
विशेष गरी इराकमा बस्ने बगदादीको वास्तविक नाम इब्राहिम अव्वाद इब्राहिम अल–बदरी हो। गत वर्ष उनको आवाजमा रेडर्क गरिएको एउटा अडियो सार्वजनिक भएको थियो।
बीबीसीका अनुसार बगदादीले इस्लामिक स्टेटलाई भएको छ क्षतिबाट आफ्नो ध्यान हटाउने कोशिश गरेका छन्। तर १८ मिनेट लामो भिडियोमा बगदादीले भनेका छन्, ‘बागुजको लडाइ सकिएको छ। त्यसपछि पनि धेरै कुरा हुन बाँकी छ।’
केही वर्ष पहिला इस्लामिक स्टेट जतिबेला उत्कर्षमा थियो, उसले त्यतिबेला इराक र सीरियाको सीमानाको एउटा ठूलो भागलाई आफ्नो नियन्त्रणमा लिएको थियो।
तर २०१६ मा र त्यो भन्दा अगाडिको वर्ष इराकको मोसुल इस्लामिक स्टटेको हातबाट खुस्किएको थियो। २०१७ को अक्टुबरमा सीरियाको रक्काबाट पनि इस्लामिक स्टेटले हात धुनु परेको थियो।
बगदादीको जन्म १९७१ मा इराकको बगदादको उत्तरमा अवस्थित समारामा भएको थियो।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार २००३ मा अब अमेरिकी सेना इराकमा प्रवेश गर्यो तबसम्म बगदादी शहरको एक मस्जिदमा मौलवी थिए।
२०१४ को एउटा रिपोर्टका अनुसार इस्लामिक आतंकवादी संगठन इस्लामिक स्टेट एन इराक एण्ड अल–शाम (आईएसआईएस) ले इराक र सीरियामा आफ्नो कब्जामा रहेको क्षेत्रमा ‘खिलाफत’ अर्थात इस्लामी राज्य घोषणा गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?