दक्षिण सुडानमा युद्वविराम सम्झौतामा हस्ताक्षर

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ८, २०७४
|
|
२३ पटक हेरिएको
Shares
दक्षिण सुडानमा युद्वविराम सम्झौतामा हस्ताक्षर

सारांश

  • अडिस अबाबा, ८ पुस ।
  • दक्षिण सुडानमा सरकार र बिद्रोही समूहले शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन् ।
  • बिहीबार भएको शान्ति सम्झौतासँगै चार बर्ष देखि दक्षिण सुडानमा भइरहेको गृहयुद्व पनि अन्त्य हुने भएको छ ।

अडिस अबाबा, ८ पुस । दक्षिण सुडानमा सरकार र बिद्रोही समूहले शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन् ।

बिहीबार भएको शान्ति सम्झौतासँगै चार बर्ष देखि दक्षिण सुडानमा भइरहेको गृहयुद्व पनि अन्त्य हुने भएको छ ।

हस्ताक्षर समारोहमा सहभागी अफ्रिकी संघका अधिकारीले सन् २०१३ को डिसेम्बर देखि सुरु भएको डरलाग्दो गृहयुद्व अन्त्य भई यसै हप्तादेखि मेलमिलाप सुरु हुने बताएका थिए ।

शान्ति सम्झौतामा हस्ताक्षर भएकोमा सर्वत्र स्वागत गरिएपनि सम्झौताको पूर्ण र प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ ।

राजनीतिक समझदारी पछि दक्षिण सुडानको हिंसा अवतरण भएको छ । दक्षिण सुडानका राष्ट्रपति सल्भा कीर र उनका पूर्व सहकर्मी तथा विद्रोही समूहका प्रमुख रिइक माचारले राजनीतिक समझदारी जुटाउनु भएको हो ।

यसअघि सन् २०१५ मा पनि हिंसा अन्त्यका लागि भन्दै शान्ति सम्झौता भएको थियो । तर केही समयमै सम्झौता तोडिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?