भूकम्पपीडितको राहत गोदाममा कुहियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २२, २०७४
|
|
३५ पटक हेरिएको
Shares
भूकम्पपीडितको राहत गोदाममा कुहियो

सारांश

  • नुवाकोट, २२ भदौ ।
  • नुवाकोटका भूकम्पपीडितलाई वितरण गर्न ल्याएको खाद्यान्न तथा बन्दोबस्तीका सामग्री कुहिएको छ ।
  • भूकम्पपीडितलाई वितरण गर्न जिल्ला ल्याएर लामो समयसम्म थन्काउँदा खाद्य सामग्री कुहिएका छन् भने बन्दोबस्तीका सामग्री प्रयोग गर्न नमिल्ने भएको छ ।

नुवाकोट, २२ भदौ । नुवाकोटका भूकम्पपीडितलाई वितरण गर्न ल्याएको खाद्यान्न तथा बन्दोबस्तीका सामग्री कुहिएको छ ।

भूकम्पपीडितलाई वितरण गर्न जिल्ला ल्याएर लामो समयसम्म थन्काउँदा खाद्य सामग्री कुहिएका छन् भने बन्दोबस्तीका सामग्री प्रयोग गर्न नमिल्ने भएको छ ।

नुवाकोट उद्योग वाणिज्य सङ्घको इलम प्रशिक्षण केन्द्रस्थित चिसो भुइँमा भण्डारण गरिएको चामल, दाल, बिस्कुटलगायतका खाद्यान्न म्याद गुज्रिएर खान अयोग्य भएर गन्हाउन थालेको उद्योग वाणिज्य सङ्घका सदस्य सवीन राजभण्डारीले बताउनुभयो ।

“गोदाममा राखेको त्रिपाल, टेन्ट, कम्बललगायतका बन्दोबस्तीका सामग्री मुसाले खानेदेखि चिसोले मक्किएर काम नलाग्ने भएकोे छ ।” राजभण्डारीले भन्नुभयो, “भण्डारणमा रहेका सामग्री व्यवस्थापन गर्न प्रशासनलाई गरेको आग्रहमा चासो नै दिइएन ।”

खाद्यान्न तथा बन्दोबस्तीको सामग्री प्रयोगविहीन अवस्थामा पुगेको जानकारी पाए पनि नुवाकोट प्रशासन तथा जिल्ला दैवी प्रकोप उद्धार समितिले राख्ने स्थानको अभाव देखाउँदै बेवास्ता गरेको छ ।

भूकम्पपछि जिल्लाका भूकम्पपीडितलाई वितरण गर्न ल्याएको खाद्य र बन्दोबस्तीका सामग्री विसं २०७२ को जेठ पहिलो साता थन्काएदेखि अहिलेसम्म अनुगमन र व्यवस्थापन प्रभावकारी नहुँदा प्रयोगविहीन अवस्थामा पुगेको हो ।

भण्डारणमा रहेका सामग्रीमध्ये खाद्यान्नको म्याद सकिएको र गैरखाद्य छनोट गर्ने तयारीमा लागेको प्रजिअ जगदीशराज बरालले बताउनुभयो ।
भूकम्पपछि राहत वितरण गर्न सामाजिक संस्थाले सबै स्थानको जिम्मा लिएपछि सरकारी राहत थन्काइएको थियो । भण्डारण गरिएको राहतको विवरण नभएकाले कति मूल्य बराबरको यकिन नभए पनि करिब रु एक करोड भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Shreejan Bhansakarya

    यस्ता पाप गर्ने पापी हरुलाइ भगवान ले पनि केही गर्न नसक्दो रहेछ,नेपाल मा।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेटलाई अन्तिम रुप दिने बेला प्रधानमन्त्री र अर्थमन्त्री बीच लफडा
बजेटलाई अन्तिम रुप दिने बेला प्रधानमन्त्री र अर्थमन्त्री बीच लफडा
प्रहरीले घुस मागे ९८५१२-०५५५५ मा फोन गर्नुहोस्
प्रहरीले घुस मागे ९८५१२-०५५५५ मा फोन गर्नुहोस्
बन्द गरेर बिरामीको जीवनसँग खेलवाड गर्न नहुने भन्दै डा. श्रेष्ठले गरिन विरोध
बन्द गरेर बिरामीको जीवनसँग खेलवाड गर्न नहुने भन्दै डा. श्रेष्ठले गरिन विरोध
नयाँ कानुनको स्वागतमा आज देशभरि दीपावली
नयाँ कानुनको स्वागतमा आज देशभरि दीपावली
अब कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि ईपेमेन्ट सेवा
अब कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि ईपेमेन्ट सेवा
सार्वजनिक महत्वका विषयमा बोल्दै प्रधानमन्त्री (LIVE)
सार्वजनिक महत्वका विषयमा बोल्दै प्रधानमन्त्री (LIVE)
चुनाव हारेपछि रविन्द्रले भने-गरेरै छाड्ने हो, परिर्वतन हेरेरै मर्ने हो
चुनाव हारेपछि रविन्द्रले भने-गरेरै छाड्ने हो, परिर्वतन हेरेरै मर्ने हो
बामदेव भन्छन्, ‘ठूलै षड्यन्त्र भयो’, रामचन्द्र भन्छन् ‘अन्तर्घात’
बामदेव भन्छन्, ‘ठूलै षड्यन्त्र भयो’, रामचन्द्र भन्छन् ‘अन्तर्घात’
मंगलबार जन्मिने मानिसको भविष्य र बानव्यहोरा कस्तो हुन्छ ?
मंगलबार जन्मिने मानिसको भविष्य र बानव्यहोरा कस्तो हुन्छ ?
प्रदेश समृद्ध नबनेसम्म आनन्दको अनुभूति हुन्न
प्रदेश समृद्ध नबनेसम्म आनन्दको अनुभूति हुन्न

तपाईंले छुटाउनुभयो कि?