एमाले–माओवादी बाहिरै राखेर प्रदेश प्रमुख भागबण्डा, को–को बन्दैछन् ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ३, २०७४
|
|
४२ पटक हेरिएको
Shares
एमाले–माओवादी बाहिरै राखेर प्रदेश प्रमुख भागबण्डा, को–को बन्दैछन् ?

सारांश

  • काठमाडौं, माघ ३ ।
  • सरकारले आज प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुख नियुक्ति गर्ने भएको छ ।
  • त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

काठमाडौं, माघ ३ । सरकारले आज प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुख नियुक्ति गर्ने भएको छ । त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

सरकारले सातमध्ये चार प्रदेश प्रमुख कांग्रेसले आफु निकटबाट प्रस्ताव गरेको छ भने अन्य तीन दललाई तीन वटा प्रदेश प्रमुख छुट्याएको छ । सरकारले संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनता पार्टीलाई एक–एक प्रदेश प्रमुख प्रस्ताव गरेको हो ।

बालुवाटारमा जारी आजको मन्त्रिपरिषद बैठकमा पेश भएको प्रस्तावित प्रदेश प्रमुखहरुमा प्रदेश १ गोविन्द सुब्बा (राप्रपा), प्रदेश २ उमकान्त झा (राजपा), प्रदेश ३ अनुराधा कोइराला (काँग्रेस), प्रदेश ४ बाबुराम कुँवर (काँग्रेस), प्रदेश ५ रत्नेश्वरलाल कायस्थ (फोरम) तथा प्रदेश ६ कृष्ण केशरी खनाल (काँग्रेस) रहेका छन् ।

सरकारले सबैभन्दा ठूलो दल नेकपा एमाले तथा तेस्रो ठूलो दल माओवादीलाई बाहिर राख्दै सात प्रदेश प्रमुखको चयन प्रक्रिया अघि बढाएको हो ।

स्रोतका अनुसार सरकारले विराटनगर, जनकपुर, ललितपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीलाई अस्थायी मुकाम तोक्ने तयारी गरेको बताइएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?