बँदेल मार्न थापेको धरापमा मान्छे परेपछि…

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १२, २०७६
|
|
१९ पटक हेरिएको
Shares
बँदेल मार्न थापेको धरापमा मान्छे परेपछि…

सारांश

  • रुपन्देही ।
  • रुपन्देहीमा बँदेल मार्न थापेको धरापमा परेर एकजनाको मृत्यु भएको छ ।
  • बँदेल मार्न थापेको धरापमा मान्छे परेपछि धराप थाप्नेले त्यही मान्छेको शव गाडेर भागेका थिए ।

रुपन्देही । रुपन्देहीमा बँदेल मार्न थापेको धरापमा परेर एकजनाको मृत्यु भएको छ । बँदेल मार्न थापेको धरापमा मान्छे परेपछि धराप थाप्नेले त्यही मान्छेको शव गाडेर भागेका थिए ।

शव गाडेर घटना लुकाउन खोजेपछि ५ जनालाई प्रहरीले पक्रेको छ । वैशाख १ गते राति तिलोत्तमा नगरपालिकाको ११ स्थित जंगलमा बँदेल मार्न थापिएको विद्युतीय धरापमा परी स्थानीय ४० बर्षका मीनबहादुर गौतमको मृत्यु भएको थियो। मृत्यु भएपछि गौतमको शव घटनास्थलभन्दा करिब ४ किलोमिटर टाढा देवदह जंगलमा लगेर खाल्टो खनी गाडिएको थियो।

इलाका प्रहरी कार्यालय बुटवलले बुधबार बुटवलमा घटनामा संलग्नलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

धरापमा पारेर मरेका व्यक्तिलाई लुकाउन खोजेर भागेकाहरुलाई प्रहरीले पक्राउ गर्दै सार्वजनिक गरेको हो । तिलोत्तमा नगरपालिका भूपू सैनिकटोलका २६ वर्षका उपेन्द्र शाह, ३५ वर्षका नरबहादुर पुन, ३५ वर्षकै चन्द्रबहादुर थापा, २८ वर्षका कृष्ण राना र ४० वर्षका अमर पुनलाई पक्राउ गरेर कारवाही अघि बढाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?