आमाले गरिन् एक वर्षीय छोरोको हत्या

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ५, २०७४
|
|
४० पटक हेरिएको
Shares
आमाले गरिन् एक वर्षीय छोरोको हत्या

सारांश

  • मेलम्ची, ५ असोज  ः सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा आफ्नै एक वर्षीय छोरोको हत्या गरेको आरोपमा आमालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
  • पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ भोटेनाम्लाङ बस्ने वर्ष २७ की मीना तामाङले आफ्नै छोरालाई विष खुुवाई हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको हो ।
  • अत्यधिक मादक पदार्थ सेवन गरेकी मीनाले मंगलबार बिहान आफ्नै छोरालाई विष खुवाई कोक्रामा छोडेर कसैलाई खबर नगरी घटना लुकाउन घाँस काट्ने निउँमा जंगल गएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुुंगानाले बताउनुुभयो ।

मेलम्ची, ५ असोज  ः सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा आफ्नै एक वर्षीय छोरोको हत्या गरेको आरोपमा आमालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ भोटेनाम्लाङ बस्ने वर्ष २७ की मीना तामाङले आफ्नै छोरालाई विष खुुवाई हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको हो ।

अत्यधिक मादक पदार्थ सेवन गरेकी मीनाले मंगलबार बिहान आफ्नै छोरालाई विष खुवाई कोक्रामा छोडेर कसैलाई खबर नगरी घटना लुकाउन घाँस काट्ने निउँमा जंगल गएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुुंगानाले बताउनुुभयो ।

ढुुंगानाको अनुसार घटनापश्चात् मृतकको हजुरबुबाले बालकको उपचारका लागि स्थानीय स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । मृतक बालकको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा शव परीक्षण गरिएको थियो ।

घटना लुुकाउन अभियुुक्तले ढाकछोप परेपछि इप्रका मेलम्चीले संघीय प्रहरी एकाइ कार्यालय बाग्मतीसँग समन्वय गरी पोलीग्राफ परीक्षणसमेत गरेको थियो । परीक्षण र प्रहरीको अनुुसन्धानपछि अभियुक्त तामाङले विष खुुवाएको स्वीकार गरेकी हुुन् ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?