प्रचण्ड र माेदी अाम्ने साम्ने ! लगत्तै स्वराजसँग भेट

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २३, २०७५
|
|
२९ पटक हेरिएको
Shares
प्रचण्ड र माेदी अाम्ने साम्ने ! लगत्तै स्वराजसँग भेट

सारांश

  • काठमाडाै, २३ भदाै ।
  • नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहालको दिल्ली भेटघाट बढेको छ ।
  • उनले शनिबार दिउँसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष भेटवार्ता गरेका छन् ।

काठमाडाै, २३ भदाै । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहालको दिल्ली भेटघाट बढेको छ । उनले शनिबार दिउँसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष भेटवार्ता गरेका छन् । चार दिने भ्रमणका लागि बिहीबार दिल्ली पुगेका दाहालले मोदीसँगको भेटमा द्विपक्षीय सम्बन्धबारे कुरा गर्दै नेपालको वर्तमान राजनीतिक हालचाल सुनाएको उनको निजी सचिवालयले जनाएको छ । काठमाडौंमा भएको बिम्स्टेक चौथे शिखर सम्मेलनमा मोदी नेपाल आएका थिए । तर, एकाएक दिल्ली पुगेका दाहालको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनले दिल्ली जाने  बेलामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका सहमति र समझदारीको दृढ कार्यान्वयनको वातावरण निर्माण गर्नु आफ्नो भ्रमणको मुख्य उद्देश्य भएको बताए ।

भारत भ्रमणपछि लगत्तै उनले चीनको भ्रमण गर्ने बताईएको छ । त्यसैले पनि हाल–मोदी भेटलाई अर्थपूर्ण रुपमा हेरिएको हो । स्रोतका अनुसार उनले मोदीको सन्देश चीन पुर्‍याउन मद्दत गर्ने छन् ।हिजो प्रचण्डले गृहमन्त्री राजनाथ सिंहलगायत भारतीय जनता पार्टीका नेताहरुसँग भेटवार्ता गरेका थिए । भेटमा दुई देशबीचको राजनीतिक, आर्थिक, सामाजिक सम्बन्ध र सुरक्षा व्यवस्थाका विषयमा छलफल भएको थियो । दाहाल पूर्व प्रधानमन्त्री हुन् । तर, उनको भ्रमणलाई भारत सकार तथा त्यहाँको सत्ताधारी दलले उच्च महत्व दिएको छ । कारण, दिल्ली पुगेकै दिन बेलुका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले दाहालको सम्मानमा रात्रिभोज आयोजना गरे ।

दाहालले मोदीलाई मात्रै भेटेनन् । विदेश मन्त्री शुष्मा स्वराजलाई पनि भेटेका छन् । भारतीय प्रधानमन्त्री र विदेशमन्त्रीसँगको भेटले नेपालको राजनीतिक वृत्त    मा नयाँ तरंग सिर्जना गर्ने देखिएको छ । अहिले (ने क पा)का शीर्षनेताहरुको विदेश दौड निकै चलेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समयमा पुल निर्माण नहुँदा गौरादहका जनतालाई सास्ती
समयमा पुल निर्माण नहुँदा गौरादहका जनतालाई सास्ती
कस्मिरमा तनाव बढ्दै, तीन प्रहरीकाे अपहरणपछि मृत्यु !
कस्मिरमा तनाव बढ्दै, तीन प्रहरीकाे अपहरणपछि मृत्यु !
दीपक मनाङ्गेको नालीबेली : डनदेखि सांसदसम्म
दीपक मनाङ्गेको नालीबेली : डनदेखि सांसदसम्म
भ्रष्टाचारीलाई घरमा श्रीमती, श्रीमान्, छोराछोरीले घृणा गर्छन् : प्रधानमन्त्री ओली
भ्रष्टाचारीलाई घरमा श्रीमती, श्रीमान्, छोराछोरीले घृणा गर्छन् : प्रधानमन्त्री ओली
मापदण्ड नपुगेका क्रसर उद्योग बन्द गरिने
मापदण्ड नपुगेका क्रसर उद्योग बन्द गरिने
ओलीले जेल पर्दा जतिबेला ‘हामी जित्नेछौं एक दिन’ गीत गाए…
ओलीले जेल पर्दा जतिबेला ‘हामी जित्नेछौं एक दिन’ गीत गाए…
ऋण मिनाहको माग गर्दै हजारौ कृषक राजधानीमा
ऋण मिनाहको माग गर्दै हजारौ कृषक राजधानीमा
निर्मला पन्त, ओली, प्रचण्ड, देउवा र बादलकी छोरी भए के हुन्थ्यो ? : प्रकाण्ड
निर्मला पन्त, ओली, प्रचण्ड, देउवा र बादलकी छोरी भए के हुन्थ्यो ? : प्रकाण्ड
सरकारी डाक्टरले आन्दोलन गर्दा महिनौं अघिका अप्रेसनका बिरामी अलपत्र
सरकारी डाक्टरले आन्दोलन गर्दा महिनौं अघिका अप्रेसनका बिरामी अलपत्र
रानी जमरा कुलरिया सिँचाइ आयोजना : ६० प्रतिशत निर्माण सम्पन्न
रानी जमरा कुलरिया सिँचाइ आयोजना : ६० प्रतिशत निर्माण सम्पन्न

तपाईंले छुटाउनुभयो कि?