यसकारण शेखर र सशांकबीच बोलचाल बन्द !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २९, २०७५
|
|
३२ पटक हेरिएको
Shares
यसकारण शेखर र सशांकबीच बोलचाल बन्द !

सारांश

  • काठमाडौं, २९ जेठ ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला कोइराला दाजुभाई सशांक र शेखरबीच परिवारको उत्तराधिकारी को बन्ने भन्ने विषयमा होडबाजी नै चलेको छ ।
  • स्रोतका अनुसार अहिले यही विषयलाई लिएर दुई दाजुभाईबीच बोलचाल नै बन्द भएको छ ।

काठमाडौं, २९ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला कोइराला दाजुभाई सशांक र शेखरबीच परिवारको उत्तराधिकारी को बन्ने भन्ने विषयमा होडबाजी नै चलेको छ ।

स्रोतका अनुसार अहिले यही विषयलाई लिएर दुई दाजुभाईबीच बोलचाल नै बन्द भएको छ । पार्टीका महामन्त्री समेत रहेका सशांक पछिल्लो समय सभापति शेरबहादुर देउवासँग अघोषित गठबन्धन गरेर आगामी महाधिवेशनमा सभापति बन्ने भित्री खेलमा लागेका छन् । यो कुराको सुईंको पाएपछि उनकै दाजु शेखर सशांकसँग रुष्ट बनेका छन् ।

उनीहरुबीच अहिले फोनमा समेत कुराकानी हुन छोडेको छ । स्रोतले भन्यो,‘महामन्त्रीज्यू अब सभापतिकै समर्थनमा सभापति बन्ने भित्री तयारीमा जुट्नु भएको छ, उहाँले देउवाजीसँग निरन्तर उठबस चलाउनुभएको छ, फरक समूहबाट महामन्त्रीमा निर्वाचित भएपनि अहिले सशांक देउवातिर गएपछि भाई शेखर रुष्ट छन्, उहाँहरुको विवाद अहिले उत्कर्षमा पुगेको छ।’

१३ औ महाधिवेशनमा शेखरले महामन्त्री बन्न सशांकलाई भरमग्दुर सहयोग नै गरेका थिए । तर सशांक अहिले कोइराला परिवारमा पनि कसैसँग सल्लाह नै नगरी एकाएक देउवासँग भित्री गठबन्धन बनाउन उद्धत देखिए ।

यता आगामी महाधिवेशनमा पार्टीको सभापतिमा सशांक वा जो उठेपनि आफूले उम्मेद्धवारी दिने शेखरको उद्धघोष छ ।  उनले भने,‘आगामी महाधिवेशनमा म सभापतिमा उम्मेद्धवारी दिन्छु ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    पदम राज गिरि

    अनुहार पनि उस्तै उस्तै नाम पनि यउटै राशिको म त तिनछक परे

    Comment Author

    Sanju Sigdel

    दाजुभाइ फुटे देउवाले फुटे ।

    Comment Author

    Pusta Raj Bhujel

    No cu

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?