यौनकाण्ड लुकाउन एक युवतीले गरिन् भाइको हत्या

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १२, २०७४
|
|
४९ पटक हेरिएको
Shares
यौनकाण्ड लुकाउन एक युवतीले गरिन् भाइको हत्या

सारांश

  • १२ कात्तिक, सिरहा ।
  • सिरहाको कर्जन्हा-२ की एक युवतीले आफ्नो यौन सम्बन्ध लुकाउन आफ्नै भाइ (ठूलोबुबाको छोरा)को हत्या गरेको खुलेको छ ।
  • कुसुमलाल यादवका १३ वर्षीय छोरा भवेशको कात्तिक पहिलो साता हत्या भएको थियो ।

१२ कात्तिक, सिरहा । सिरहाको कर्जन्हा-२ की एक युवतीले आफ्नो यौन सम्बन्ध लुकाउन आफ्नै भाइ (ठूलोबुबाको छोरा)को हत्या गरेको खुलेको छ ।

कुसुमलाल यादवका १३ वर्षीय छोरा भवेशको कात्तिक पहिलो साता हत्या भएको थियो । ३ गते हराएका उनको शव घर ननिकै वनमारा घारीमा कुहिएको अवस्थामा दुई दिनपछि भेटिएको थियो ।

प्रहरीको अनुसन्धानका क्रममा प्रहरीले भवेशका काकाकी छोरी प्रियंका यादव र सञ्जय साहलाई पक्राउ परेको छ । प्रियंका १६ वर्ष र सञ्जय १४ वर्षका मात्र भए । तर, उनीहरुले आफ्नो यौन सम्बन्ध लुकाउन भवेशको हत्या गरेको खुलेको छ ।

प्रहरीका अनुसार भैंसी चराउन गएको वेलामा प्रियंका र सञ्जयलाई भवेशले आपत्तिजनक अवस्थामा देखेका थिए । भवेशले यसबारे घरमा जानकारी दिने भनेपछि दुबैले मिलेर हत्या गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

प्रहरीका अनुसार भवेश र सञ्जय मिल्ने साथी हुन् र एउटै विद्यालयमा कक्षा ४ मा पढ्थे । हत्याको योजना बनाएपछि उनीहरुले ‘पटका र एउटा मोबाइल भेटेका छौं’ भन्दै प्रियंका र सञ्जयले भवेशलाई घर नजिकैको जंगलमा लगे ।

सञ्जयले प्रहरीलाई बयान दिएको बयान अनुसार उनीहरुले पटका खाल्डो खनेर लुकाएका छौं भन्दै खन्न लगाए र त्यही बेला गर्धनमा खुकुरी प्रहार गरी हत्या गरे ।

(techfundingnews.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जडीबुटी सङ्कलन गर्न गएका एकै गाउँका १२ जना बेपत्ता
जडीबुटी सङ्कलन गर्न गएका एकै गाउँका १२ जना बेपत्ता
सही र सकारात्मक सोच जगाउने अभियानमा  ग्रामीण स्वयम सेवक समाज
सही र सकारात्मक सोच जगाउने अभियानमा ग्रामीण स्वयम सेवक समाज
मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य : उपराष्ट्रपति
मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य : उपराष्ट्रपति
नर्सिङ होममा आश्रित ११ हजारभन्दा बढीको मृत्युले अमेरिकामा चिन्ता
नर्सिङ होममा आश्रित ११ हजारभन्दा बढीको मृत्युले अमेरिकामा चिन्ता
  ८ औँ राष्ट्रिय खेलकुद :पिडालु रोपेर आलू खोज्नेहरु
  ८ औँ राष्ट्रिय खेलकुद :पिडालु रोपेर आलू खोज्नेहरु
सुशासन र विकासलाई महत्व दिएर अघि बढेका छौं : प्रधानमन्त्री
सुशासन र विकासलाई महत्व दिएर अघि बढेका छौं : प्रधानमन्त्री
सट्टेबाजीमा एजेन्ट बनेर नक्कली कम्पनीमार्फत करोडौँको कारोबार
सट्टेबाजीमा एजेन्ट बनेर नक्कली कम्पनीमार्फत करोडौँको कारोबार
रवि लामिछाने पक्राउको विरोधमा पक्राउ परेका प्रदर्शनकारी पनि रिहा
रवि लामिछाने पक्राउको विरोधमा पक्राउ परेका प्रदर्शनकारी पनि रिहा
एकता प्रक्रिया विश्वकै असाधारण घटनाः अध्यक्ष दाहाल
एकता प्रक्रिया विश्वकै असाधारण घटनाः अध्यक्ष दाहाल
अदालतद्वारा बसपार्क नभत्काउन आदेश
अदालतद्वारा बसपार्क नभत्काउन आदेश