११ तिर्थयात्रीको ट्रकको ठक्करबाट मृत्यु
सारांश
- नयाँ दिल्ली, ५ जेठ ।
- भारतमा ट्रकले ठक्कर दिँदा ११ हिन्दु तिर्थयात्रीको मृत्यु भएको छ ।
- उत्तराखण्ड राज्यको पुर्णागिरी धार्मीकस्थल जाँदै गरेको तीर्थयात्रीको समूहलाई ट्रकले ठक्कर दिँदा ११ जनाको मृत्यु भएको हो ।
नयाँ दिल्ली, ५ जेठ । भारतमा ट्रकले ठक्कर दिँदा ११ हिन्दु तिर्थयात्रीको मृत्यु भएको छ ।
उत्तराखण्ड राज्यको पुर्णागिरी धार्मीकस्थल जाँदै गरेको तीर्थयात्रीको समूहलाई ट्रकले ठक्कर दिँदा ११ जनाको मृत्यु भएको हो ।
उत्तर भारतमा शुक्रबार तीर्थयात्रीको ठूलो समूहमाथि ट्रक गुड्दा १९ जना घाइते भएको र कम्तीमा ११ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । घटना भएको चम्पावत जिल्लाको विचाई–टनकपुर भन्ने ठाउँ उत्तराखण्डको राजधानी देहरादुनबाट १३२ किमी दक्षिणपूर्वमा पर्छ ।
“चम्पावतमा आज एउटा ट्रक तीर्थयात्रु हिडिरहेको स्थानमा अनियन्त्रित गतिमा गुड्दा भएको भयानक दुर्घटनामा तीर्थाटनमा हिँडेका कम्तीमा ११ जनाको निधन भएको छ । घटनामा १९ तीर्थालु घाइते भएका छन् ,” चम्पावतका उप–प्रशासक हेमन्त कुमार वर्माले भने । उनले घाइतेहरूलाई स्थानीय विभिन्न अस्पतालमा उपचारका लागि पठाइसकिएको बताए।
मृत्यु हुनेमा सबैभन्दा बढी उत्तर प्रदेशको बराइली जिल्लाका रहेका छन् । घटनापछि फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
प्रत्यक्षदर्शीका अनुसार ट्रक एक्कासी भीडतर्फ बढिरहँदा तीर्थाटनमा हिँडेका सबैजना रोइ कराई गर्दा उक्तस्थानमा कोलाहल मच्चिएको थियो । भारतमा चालकको लापर्वाही, कमजोर सडक संरचना तथा क्षमताभन्दा अत्यधिक भार लिएर सवारी चलाएका कारण वर्षेनी हजारौँको सङ्ख्यामा नागरिकले ज्यान गुमाउने गरेका छन् ।
प्रतिक्रिया