पूर्वराजा ज्ञानेन्द्र शाह भन्छन् जनताले प्रजातन्त्रको अनुभुति गर्न पाएनन्
सारांश
- पूर्वराजा ज्ञानेन्द्र शाहले आम जनताले प्रजातन्त्रको अनुभूति गर्न नपाएको दाबी गरेका छन् ।
- सोमबार ६९ औं प्रजातान्त्रिक दिवसको पूर्वसन्ध्यामा शुभकामना व्यक्त गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन् ।
- शाहले भनेका छन् ‘हामी र हाम्रा पूर्खाहरुको पुख्र्यौली आदर्श प्रजातन्त्र हो ।
पूर्वराजा ज्ञानेन्द्र शाहले आम जनताले प्रजातन्त्रको अनुभूति गर्न नपाएको दाबी गरेका छन् । सोमबार ६९ औं प्रजातान्त्रिक दिवसको पूर्वसन्ध्यामा शुभकामना व्यक्त गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन् ।
शाहले भनेका छन् ‘हामी र हाम्रा पूर्खाहरुको पुख्र्यौली आदर्श प्रजातन्त्र हो । सबै अटाउने प्रणाली, सबैको आस्थाको केन्द्र राष्ट्र बन्न नसकेसम्म प्रजातन्त्रले मूर्तरुप लिन सक्दैन । जनताको हित, सूरक्षा र विकासको मूलभुत साधन प्रजातन्त्र नै हो । देश दर्शनको क्रममा हामीले बोध गरे अनूरुप प्रजातन्त्रको त्यस्तो अनूभुति आम नेपालीमा छैन ।’
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया