शेर्पा सङ्घ युकेका अध्यक्षको कोरानाबाट निधन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ९, २०७७
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  • शेर्पा सङ्घ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन भएको छ ।
  • भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिए ।
  • गत असार २९ गते कोरोना सङ्क्रमण देखिएपछि उनलाई केन्टको विलियम हार्भी अस्पतालमा भर्ना गरिएको थियो ।

शेर्पा सङ्घ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन भएको छ । भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिए ।

गत असार २९ गते कोरोना सङ्क्रमण देखिएपछि उनलाई केन्टको विलियम हार्भी अस्पतालमा भर्ना गरिएको थियो । तर दुई हप्तासम्म पनि कुनै सुधार नभएपछि लण्डनको सेन्ट थोमस अस्पतालमा सारिएको थियो । एक साताअघि कोरोना परीक्षण गर्दा सङ्क्रमण मुक्त भएको भनिए पनि उनको कलेजोको समस्यामा भने कुनै सुधार हुन सकेको थिएन । भूतपूर्व गोर्खा सैनिक रहेका शेर्पा आफ्ना तीन छोरा र श्रीमतीसहित बेलायतको केन्टमा बस्दै आएका थिए । शेर्पाका बुबाआमा भने नेपालमै छन् । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस(जसपाका नेताबिच देउवा निवासमा छलफल)
कांग्रेस(जसपाका नेताबिच देउवा निवासमा छलफल)
शङ्कराचार्य निश्चलानन्द सरस्वतीको नागरिक अभिनन्दन
शङ्कराचार्य निश्चलानन्द सरस्वतीको नागरिक अभिनन्दन
के सुन तस्करीमा गृहमन्त्री क्षेष्ठको संलग्नता छ त ? सांसद भट्टराईको यस्तो आरोप
के सुन तस्करीमा गृहमन्त्री क्षेष्ठको संलग्नता छ त ? सांसद भट्टराईको यस्तो आरोप
रक्षामन्त्री भिमसेनदास प्रधानको घरमा बम, सेनाद्धारा डिस्पोज
रक्षामन्त्री भिमसेनदास प्रधानको घरमा बम, सेनाद्धारा डिस्पोज
सामाखुसीमा पैदल यात्रुलाई माइक्रोले ठक्कर दियो, १ जनाको मृत्यु, ४ घाइते
पाेखरामा सर्प्राइजः हिजाे, राती र अाजकाे दृष्य अलग
पाेखरामा सर्प्राइजः हिजाे, राती र अाजकाे दृष्य अलग
बलिउड अभिनेत्री प्रियंका चोपडामाथि लाग्यो यस्तो आरोप
राप्रपालाई राष्ट्रिय राजनीतिमा स्थापित गराएरै छाड्ने प्रण : कमल थापा
राप्रपालाई राष्ट्रिय राजनीतिमा स्थापित गराएरै छाड्ने प्रण : कमल थापा
दुई बुँदे सहमति गर्दै फोरम सरकारमा सहभागी हुन तयार
दुई बुँदे सहमति गर्दै फोरम सरकारमा सहभागी हुन तयार
आज हरिबोधिनी एकादशी, तुलसीको विशेष पूजा गरी मनाइँदै
आज हरिबोधिनी एकादशी, तुलसीको विशेष पूजा गरी मनाइँदै