संवैधानिक आयोगको ५२ पदाधिकारी नियुक्तिविरुद्धको सुनुवाइ प्राथमिकतामा

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २३, २०७८
|
|
४७ पटक हेरिएको
Shares
संवैधानिक आयोगको ५२ पदाधिकारी नियुक्तिविरुद्धको सुनुवाइ प्राथमिकतामा

सारांश

  • काठमाडौं।
  • तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा विभिन्न संवैधानिक आयोगमा भएको नियुक्तिविरुद्धको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्राथमिकतामा परेको छ ।
  • प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका कारण १३ असोजदेखि बस्न नसकेको संवैधानिक इजलास गत शुक्रबारदेखि बस्न थालेसँगै रोकिएका मुद्दा सुनुवाइ प्रक्रिया सुरु भएको छ ।

काठमाडौं। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा विभिन्न संवैधानिक आयोगमा भएको नियुक्तिविरुद्धको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्राथमिकतामा परेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका कारण १३ असोजदेखि बस्न नसकेको संवैधानिक इजलास गत शुक्रबारदेखि बस्न थालेसँगै रोकिएका मुद्दा सुनुवाइ प्रक्रिया सुरु भएको छ । संवैधानिक नियुक्ति प्रक्रियाविरुद्धको रिट सुुनवाइका लागि पटक–पटक संवैधानिक इजलास राख्न माग गर्दै आफूहरूले प्रधानन्यायाधीश जबरालाई आग्रह गर्दा पनि रोकिएको सो प्रक्रिया अब सुरु हुने विश्वास लागेको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए ।
सो रिट प्रक्रिया अगाडि बढे पनि संवैधानिक इजलासबाट सुनुवाइ हुन सकेको छैन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आफैं जोडिएको संवैधानिक नियुक्ति प्रक्रियाको मुद्दा संवैधानिक इजलास गठनमा आलटालले लामो समय सुनुवाइको प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।
१ फागुनमा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता भएपछि शुक्रबारबाट कामु प्रधानन्यायाधीश दीपककुमार कार्की नेतृत्वको संवैधानिक इजलास गठन भएको छ । गत शुक्रबार कामुप्रधानन्यायाधीश कार्की नेतृत्वको संवैधानिक इजलासले प्रारम्भिक सुनुवाइ हुन नसकेको ६ वटा मुद्दाको सुनुवाइ गरेको थियो । [image: High-Court_sarbochha-adalat.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री र सातवटै मुख्यमन्त्री बालुवाटारमा भेला, के विषयमा भयाे छलफल?
प्रधानमन्त्री र सातवटै मुख्यमन्त्री बालुवाटारमा भेला, के विषयमा भयाे छलफल?
दश जोड दुई कक्षा सञ्चालनार्थ देउसी खेलेर रकम संकलन
दश जोड दुई कक्षा सञ्चालनार्थ देउसी खेलेर रकम संकलन
आज मध्यान्ह मन्त्रिपरिषद बैठक बस्दै, महत्वपुर्ण निर्णय हुन सक्ने
ओखलढुंगामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार शोभा कार्कीलाई युवाको साथ
ओखलढुंगामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार शोभा कार्कीलाई युवाको साथ
सहिद स्मारक ए डिभिजन लिग फुटबल : जाउलाखेल विजयी
सहिद स्मारक ए डिभिजन लिग फुटबल : जाउलाखेल विजयी
आज बुधबार, कस्तो छ तपाईंको राशिफल?
आज बुधबार, कस्तो छ तपाईंको राशिफल?
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
सुमार्गीलाई संरक्षण दिइरहने शक्तिलाई पनि छानबिनको दायरामा ल्याइनुपर्छ-कान्तिपुर मिडिया ग्रुप
सुमार्गीलाई संरक्षण दिइरहने शक्तिलाई पनि छानबिनको दायरामा ल्याइनुपर्छ-कान्तिपुर मिडिया ग्रुप
नवलपरासी बौदीकाली गाउँपालिका अध्यक्षमा एमालेका प्रकाश ओझा विजयी
नवलपरासी बौदीकाली गाउँपालिका अध्यक्षमा एमालेका प्रकाश ओझा विजयी
भारतीय प्रधानमन्त्रीको ‘म चौकिदार’ अभियान सुरु
भारतीय प्रधानमन्त्रीको ‘म चौकिदार’ अभियान सुरु