यसकारण हेर्नुपर्छ मालिका : रेखा थापा

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १२, २०७५
|
|
४४ पटक हेरिएको
Shares
यसकारण हेर्नुपर्छ मालिका : रेखा थापा

सारांश

  • आफ्ना हरेक फिल्ममा नारी शसक्तिकरणलाई मुख्य विषय बनाउँदै आएकी रेखा थापाको प्रदर्शनको तयारीमा रहेको फिल्म मालिका पनि नारी शसक्तिमै केन्द्रीत छ ।
  • मालिकामा रेखाले बाल विवाहको कथालाई समावेश गरेकी छिन् ।
  • कात्तिक १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको फिल्मलाई लिएर रेखा निकै उत्साहित छिन् ।

आफ्ना हरेक फिल्ममा नारी शसक्तिकरणलाई मुख्य विषय बनाउँदै आएकी रेखा थापाको प्रदर्शनको तयारीमा रहेको फिल्म मालिका पनि नारी शसक्तिमै केन्द्रीत छ । मालिकामा रेखाले बाल विवाहको कथालाई समावेश गरेकी छिन् । कात्तिक १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको फिल्मलाई लिएर रेखा निकै उत्साहित छिन् । हिम्मतवाली पछि पुन निर्देशन गरेको फिल्म भएकाले पनि आफु निकै उत्साहित भएको रेखा बताउँछिन् । यतिबेला फिल्मको प्रमोशनको व्यस्त रहेकी उनले मालिकालाई सबैले एक पटक हेर्नै पर्ने फिल्म भएको दावी गर्छिन् । शिखरन्यूजसँगको कुराकानीमा उनले मालिका हेर्नु पर्ने ५ कारण खुलाएकी छिन् ।

मालिका हेर्नु पर्ने ५ कारणहरु
१.मालिकाले बालविवाह सम्बन्धी यस्तो मुद्दालाई उठान गर्दैछ, जुन छोरीहरुले सदियौँदेखि भोग्दै आइरहेका छन् ।

२.मालिका फिल्म मात्रै होइन, अभियान पनि हो । नारी शसक्तिकरणको अभियानमा मालिका शसक्तढंगमा उभिएको छ ।

३.नेपाली फिल्ममा मौलिक कथा भएन भन्ने लामो समयदेखिको आरोपलाई चिर्ने प्रयास पनि हो फिल्म मालिका । यसले हाम्रै गाउँघरको वास्तविक कथालाई प्रस्तुत गरेको छ ।

४. कर्णालीका कुरा मिडियामा धेरै आउँछन्, यो फिल्म कर्णालीकै कथा हो र कर्णालीकै दुखको वरिपरि फिल्म घुमेको छ ।

५.रेखा थापाका नियमित दर्शकका लागि तिहारको कोशेली पनि हो मालिका । मालिका हेरेर दर्शकले मनोरञ्जन मात्रै पाउँदैनन्, समाजमा घटिरहेको नारीमाथिको अत्याचार र हिंसा विरुद्ध लाग्ने प्रेरणा पनि पाउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैंकको किस्ता तिर्न सकेनौ, लिनुहोस १५५ गाडीको चाबी
बैंकको किस्ता तिर्न सकेनौ, लिनुहोस १५५ गाडीको चाबी
अनलाइनबाट नाबालिकालाई शोषण र दुव्र्यवहार गर्ने पक्राउ
अनलाइनबाट नाबालिकालाई शोषण र दुव्र्यवहार गर्ने पक्राउ
काठमाडौं १० मा कांग्रेसका राजन केसी विजयी
काठमाडौं १० मा कांग्रेसका राजन केसी विजयी
आजदेखि श्रीलंकाको हालत लोडसेडिङ हुँदाको नेपालजस्तो
आजदेखि श्रीलंकाको हालत लोडसेडिङ हुँदाको नेपालजस्तो
स्वास्थ्य मन्त्रालयद्वारा  ११७ जना चिकित्सकको माग
स्वास्थ्य मन्त्रालयद्वारा ११७ जना चिकित्सकको माग
प्रधानमन्त्री देउवा भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान
प्रधानमन्त्री देउवा भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान
गठबन्धनको नेतृत्वमा अबको सरकार सञ्चालन हुन्छ : अध्यक्ष नेपाल
गाउँपालिका, नगरपालिकाका प्रमुख, उपप्रमुखको रिबन काटेरै समय बित्छ
तीन वर्षीय भतिजाको घाँटी थिचेर हत्या गर्ने एक महिला पक्राउ !! आगलागीमा जलेर दुई बालबालिको मृत्यु…
तीन वर्षीय भतिजाको घाँटी थिचेर हत्या गर्ने एक महिला पक्राउ !! आगलागीमा जलेर दुई बालबालिको मृत्यु…
विकासको बाधक ‘लो बिडिङ’ सदाका लागि अन्त्य: खरिद ऐनमा ऐतिहासिक सुधार
विकासको बाधक ‘लो बिडिङ’ सदाका लागि अन्त्य: खरिद ऐनमा ऐतिहासिक सुधार