रविले गर्ने- ‘सिधा कुरा मोदीसंग’ ! यदि यो समाचार सत्य हो भने…

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १४, २०७५
|
|
२३ पटक हेरिएको
Shares
रविले गर्ने- ‘सिधा कुरा मोदीसंग’ ! यदि यो समाचार सत्य हो भने…

सारांश

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेश्रो पटक नेपालको भ्रमणमा आउादैछन् ।
  • बिगतका भ्रमणहरु सरकारीमात्र भएकाले जनतामा प्रभाव छोड्न नसकेको उहांको बुझाई छ ।
  • यस पटकको भ्रमणमा भने जनस्तरमा रहेको भारत बिरोधी भावनालाई कम गर्ने प्रधानमन्त्री मोदीको प्रयास हुनेछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेश्रो पटक नेपालको भ्रमणमा आउादैछन् । बिगतका भ्रमणहरु सरकारीमात्र भएकाले जनतामा प्रभाव छोड्न नसकेको उहांको बुझाई छ । यस पटकको भ्रमणमा भने जनस्तरमा रहेको भारत बिरोधी भावनालाई कम गर्ने प्रधानमन्त्री मोदीको प्रयास हुनेछ । यसकालागि भ्रमणलाई जतिसक्दो जनता केन्द्रीत बनाउन भारतीय राजदुतलाई निर्देशन दिईएको छ ।आगामी मे ११ देखि हुने प्रधानमन्त्री मोदीको नेपाल भ्रमण तालिका निम्न अनुसार रहेको छ :- 

१. पशुपतिमा क्षमा पुजा गर्ने

भारतमा लोकप्रिय रहेको आफ्नो छबिलाई नेपालमा भने नाकाबन्दीले त्यतिकै अलोकप्रिय बनाएको प्रधानमन्त्री मोदीको बुझाई छ । बिश्वभरी गएको यो गलत शन्देशबाट उन्मुक्तिका लागि प्रधानमन्त्री मोदीले पशुपतिनाथमा क्षमा पुजा गर्नेछन् । भगवान पशुपति नाथका अनन्य भक्त मोदीजीको यस भ्रमणको मुख्य एजेण्डा नै यही नै रहेको छ ।

२.खुफिया एजेन्सीलाई कोर्स करेक्सनको आदेश दिने

प्रधानमन्त्रीले नेपालमा रहेका भारतीय खुफिया एजेन्सीका कर्मचारीको गोप्य सम्मेलनलाई संबोधन गर्नेछन् । यी कर्मचारीको गलत सुचनाका कारण बिगतमा आफुले ठूलो क्षती व्यहोर्नु परेको प्रधानमन्त्रीको बुझाई छ । कार्यक्रममा प्रधानमत्रीले खुफिया कर्मचारीहरुलाई दुई देशबिच फाटो ल्याउने कुनै गतिबिधि नर्गन कडा निर्देशन दिनेछन् ।

 

३. दिवंगत गोर्खा सैनिक परिवारसाग भेट गर्ने

भारतको सिमा रक्षाका लागि आफ्नो ज्यान दिने गोर्खा सैनिकका परिवारसाग भेटघाट गर्ने कार्यक्रम छ । कारगिल लगायतका युद्धमा मारिएका गोर्खा सिपाहींलाई सम्मान गर्ने हेतुले मोदीकै बिषेश पहलमा यो कार्यक्रम राखिएको हो । प्रधानमन्त्रीले भारतीय गोर्खा सिपाहीलाई पनि भारतीय सैनिक बराबर तलब र सुबिधाको बिषेश घोषणा पनि गर्नेछन् ।

४. माने भन्ज्यांग र सुस्ता-टकपुर जाने 

पूर्वको माने भञ्ज्याध्र् र पश्चिमको सुस्ता टनकपुर जाने कार्यक्रम पनि रहेको छ । त्यहाा भारतीय पक्षबाट बेलाबेलामा हुने सिमा मिचाई तथा कुटपिटका घटनाहरु पूर्ण रुपमा बन्द गराउने तथा पीडित परिवारसाग अन्तरंग गर्नेछन् । ‘यसका लागि दुताबासले कैलास एयरको हेलिकप्टर मेची कालीका लागि बुक गरिसकेको छ ।’ समाचारको पुष्ट गर्दै कैलास एयरका सिईओ ईश्वरी पौडेलले भनेका छन् ।

५ . चिनियां र नेपाली प्रतिनिधि लिएर रारा जाने

केपी शर्मा ओलीको रारा संबोधनलाई नजिकबाट नियालेका प्रधानमन्त्री मोदी पनि रारा जानेछन् । समकक्षी केपी शर्मा ओली र चिनियाा राजदुत सहितको टोलीले रारामा एक त्रिपक्षिय संझौतामा हस्ताक्षर गर्नेछ । नेपालको आन्तरिक मामलामा दुबै देशले हस्तक्षेप नगर्ने र नेपालले पनि आफ्नो देशमा चिन र भारत बिरोधी गतिबिधिलाई निस्तेज पार्ने कसम उनिहरुले खानेछन् ।

 

६ . कन्याम र बर्ने चिया कमानको भ्रमण गर्ने

आफुलाई ‘चायवालाको बेटा’ भन्न रुचाउने प्रधानमन्त्री मोदीले नेपालका केही चिया कमानहरु घुम्ने कार्यक्रम रहेको छ । ईलामका कल्याम, झापाको बर्ने तथा सिन्धुपाल्चोकको भोटेचौरका बगानमा पुग्ने कार्यक्रम तय भएको छ । यो कुराको पुष्टी नेपाल छिया तथा कपिबोर्डले जनाएको छ ।

७. रवि लामिछानेको कार्यक्रमा प्रत्यक्ष सहभागी हुने 

भारतमा लोकप्रिय कार्यक्रम मनकी बातमा प्रधानमन्त्रीले जनताको कडवा प्रश्नको सिधा उत्तर दिने गर्दछन् । नेपाल भ्रमणका क्रममा मोदीले न्यूज ट्वान्टी फोरको कार्यक्रम सिधा कुरा जनतासागमा सहभागी हुने ईच्छा व्यक्त गरेकाछन् । हक्कि पत्रकार रवि लामिछानेद्धारा सञ्चालिन यो कार्यक्रममा प्रधानमन्त्री मोदीले नेपाली जनताका सिधा प्रश्नको सिधै उत्तर दिनेछन् ।

८. नेपाली कलाकारसंग बिशेष भेटघाट गर्ने

कला साहित्यमा ठूलो रुची राख्ने प्रधानमन्त्रीले नेपाली कला क्षेत्रका बिशिष्ठ व्यक्तिसाग रात्री भोज गर्ने कार्यक्रम पनि रहेको छ । इण्डियन कल्चर सेन्टरमा हुने उक्त कार्यक्रममा सीमित नेपाली कलाकारलाई निमन्त्रणा दिईएको छ । प्रधानमन्त्री मोदीको साथमा कपिल शर्मा, सलमान खान,अक्षय कुमार पनि आउने भएकाछन् । मोदीको नक्कल गर्ने हास्यव्यंग्यकार मनोज गजुरेललाई जसरी पनि भेट गर्ने मोदीको इच्छा छ ।

-माथीका संपुर्ण समचारको पुष्टी गर्दै भारतीय दुताबासका प्रवक्ताले गजुरीयल डटकमलाई केही पनि भनेका छैनन्, यो हाम्रो काल्पनिक अपेक्षामात्र हो

(गजुरीयल डटकमबाट) 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?