नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा कोरोना भाइरसको संक्रमण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २९, २०७६
|
|
१८ पटक हेरिएको
Shares
नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा कोरोना भाइरसको संक्रमण

सारांश

  • काठमाडौं, २९ फागुन ।
  • भारतको उत्तरी राज्य उत्तर प्रदेशमा कोरोना भाइरसको संक्रमण बढेको छ ।
  • भारतमा बुधबारसम्मको तथ्यांकमा ७३ जना कोरोना भाइरसको संक्रमित भेटिएकोमा उत्तर प्रदेशमा ११ जना संक्रमित भेटिएका छन् ।

काठमाडौं, २९ फागुन । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा कोरोना भाइरसको संक्रमण बढेको छ । भारतमा बुधबारसम्मको तथ्यांकमा ७३ जना कोरोना भाइरसको संक्रमित भेटिएकोमा उत्तर प्रदेशमा ११ जना संक्रमित भेटिएका छन् ।

उत्तर प्रदेशको नेपालसँग लामो सीमा जोडिएको छ । यसकारण नेपालमा पनि यसको असर पर्नसक्ने खतरा बढेको छ ।

भारतमा सबैभन्दा बढी केरलामा १७ जना संक्रमित भेटिएका छन् । दिल्ली र हरियाणामा पनि संक्रमित बढेका छन् । भारतले कोरोना भाइरसको संक्रमण रोक्न विदेशीलाई भीसा रद्द गर्ने निर्णय गरेको छ । आज मध्यरातिबाट यो लागू हुनेछ । भारतले सीमा नाकामा समेत कडाई गर्ने भएको छ ।

चीनबाट फैलिएको कोरोना भाइरसबाट विश्वभर एक लाख २० हजार मानिस संक्रमित भइसकेका छन् । अहिले युरोपमा यसको संक्रमण भयावह बन्दै गएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?