दाङमा धान उत्पादन बढ्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ६, २०८०
|
|
३५ पटक हेरिएको
Shares
दाङमा धान उत्पादन बढ्यो

सारांश

  • देउखुरी ।
  • दाङमा यसवर्ष धान उत्पादन वृद्धि भएपछि खुसी भएका छन् ।
  • समयमै वर्षा भएकाले धान समयमा नै रोप्न पाउँदा जिल्लामा धान उत्पादनमा वृद्धि भएको किसानको भनाइ छ ।

देउखुरी । दाङमा यसवर्ष धान उत्पादन वृद्धि भएपछि खुसी भएका छन् । समयमै वर्षा भएकाले धान समयमा नै रोप्न पाउँदा जिल्लामा धान उत्पादनमा वृद्धि भएको किसानको भनाइ छ ।

यस वर्ष गत वर्षको तुलनामा नौ दशमलव ७५ प्रतिशत धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । गतवर्ष एक लाख ५३ हजार चार सय ६३ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष एक लाख ५८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कार्यालयले जनाएको छ ।

घोराही उपमहानगरपालिका–६ का मङ्गल चौधरीले समयमा पानी परेकाले धान समयमै रोप्न पाएपछि विगत भन्दा यस पटक धान उत्पादनमा बढेको बताए । “यसवर्ष ब्याड राखेको समयमै रोप्ने वातावरण बन्यो । पानीको समस्या नभएकाले रोपाइँ समयमा भएको थियो”, उनले भने, “हाइब्रिड धान रोपेका थियौँ । त्यसैले पनि धान उत्पादनमा वृद्धि भएको हो ।”

घोराही–५ धर्नाका मनोज चौधरीले ‘युएस तीन सय १२’ जातको धान लगाउनु भएको थियो । “गतवर्ष १५ कट्ठा खेतमा ६० मुरी धान फलेकामा यसवर्ष सोही जमिनमा ७० मुरी धान फलेको छ”, उनले भने, “गतवर्ष उत्पादन भएको धाएर सकिएको थियो । यसवर्ष पाँच क्विन्टल बिक्री गरेको छु । समयमा रोपाइँ गरेकाले धान उत्पादन बढेको हो ।” रोपाइँ गरेदेखि पसाउँदासम्म धानलाई आवश्यक मात्रामा पानी पुगेकाले उत्पादन बढेकोे मनोजको भनाइ थियो ।

हाईब्रिड जातको बीउ, समयमा पानी पर्नु, मल समयमा पाउनुलगायत कारणले उत्पादन बढेको केन्द्रले जनाएको छ । जिल्लामा यस वर्ष ३५ हजार दुई सय ८० हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएकामा नौ दशमलव ७५ प्रतिशतले उत्पादनमा वृद्धि आएको केन्द्रका कृषि अर्थविज्ञ एवम् सूचना अधिकारी पृथ्वीराज लामिछानेले जानकारी दिए । उनका अनुसार यस वर्ष प्रति हेक्टर पाँच मेट्रिक टन धान उत्पादन भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अझैँ दुई दिन भिषण वर्षा हुने मौषम विभागको पूर्वाअनुमान, सर्तक रहन आग्रह (बाढीपहिरोको फोटोफिचर)
अझैँ दुई दिन भिषण वर्षा हुने मौषम विभागको पूर्वाअनुमान, सर्तक रहन आग्रह (बाढीपहिरोको फोटोफिचर)
इजरायली प्रधानमन्त्रीद्वारा आफ्नो भ्रमण छोट्याउने
इजरायली प्रधानमन्त्रीद्वारा आफ्नो भ्रमण छोट्याउने
यस्तो छ आजको विदेशी मुद्राको विनियमदर
यस्तो छ आजको विदेशी मुद्राको विनियमदर
प्रधानमन्त्रीले गरे बाढी प्रभावितको आकाशबाटै निरीक्षण
प्रधानमन्त्रीले गरे बाढी प्रभावितको आकाशबाटै निरीक्षण
यसरी गरिएको रहेछ दश वर्षसम्म लोडसेडिङ ! अँध्यारोको व्यापार, सानालाई सास्ती र ठूलालाई मस्ती !
यसरी गरिएको रहेछ दश वर्षसम्म लोडसेडिङ ! अँध्यारोको व्यापार, सानालाई सास्ती र ठूलालाई मस्ती !
निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने देउवाको चेतावनी
निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने देउवाको चेतावनी
प्रदेश १ को पहिलो बैठक – सहिद स्मृतिमा नमुना बस्ती बनाउने निर्णय
निर्मला हत्या प्रकरण : प्रदीपकाे डिएनए नमिलेपछि उनैलाई दोषी ठहर गर्न अरू प्रमाण खोज्दै प्रहरी
निर्मला हत्या प्रकरण : प्रदीपकाे डिएनए नमिलेपछि उनैलाई दोषी ठहर गर्न अरू प्रमाण खोज्दै प्रहरी
प्रतिनिधि सभाको बैठक भदौ १३ गते सम्मका लागि स्थगित
स्थानीयवासीबाट कुटिएका सैनिक जवानको मृत्यु
स्थानीयवासीबाट कुटिएका सैनिक जवानको मृत्यु

तपाईंले छुटाउनुभयो कि?