झलकमान खोज्न गएका प्रहरीले कुसुमलाई किन गरे पक्राउ ?
सारांश
- धनकुटा ।
- धनकुटाको खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिका २ छिन्ताङबाट प्रहरीले ४५ किलो गाँजासहित एक महिलालाई पक्राउ गरेको छ ।
- २९ बर्षीय झलकमान राईले स्थानीय एक वृद्धालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गर्न गएको प्रहरी टोलीले झलकमानलाई खोज तलास गर्ने क्रममा उनको गोठमा लुकाइराखेको अवस्थामा ४५ किलो गाँजा बरामद गरेको धनकुटाका डीएसपीले जानकारी दिए ।
धनकुटा । धनकुटाको खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिका २ छिन्ताङबाट प्रहरीले ४५ किलो गाँजासहित एक महिलालाई पक्राउ गरेको छ ।
२९ बर्षीय झलकमान राईले स्थानीय एक वृद्धालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गर्न गएको प्रहरी टोलीले झलकमानलाई खोज तलास गर्ने क्रममा उनको गोठमा लुकाइराखेको अवस्थामा ४५ किलो गाँजा बरामद गरेको धनकुटाका डीएसपीले जानकारी दिए ।
गाँजासहित झलकमानकी श्रीमती कुसुम राईलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता प्रविणलाल श्रेष्ठले बताए ।
झलकमानले साउन २ गते स्थानीय ६६ बर्षीया वृद्धालाई बलात्कार गरेको आरोप छ । टनापछि फरार रहेका उनको खोजी भइरहेको प्रहरीले जनाएको खबर आजको गोरखापत्रमा छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया