नेपाली महिला फुटबल टोलीलाई बिदाइ साथै सफलताको शुभकामना

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १८, २०७६
|
|
३० पटक हेरिएको
Shares
नेपाली महिला फुटबल टोलीलाई बिदाइ साथै सफलताको शुभकामना

सारांश

  • अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कीर्गिस्तानमा आयोजना हुने ‘नादेज्दा कप २०१९’ फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली महिला फुटबल टोलीलाई आज बिदाइ गरेको छ ।
  • एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य–सचिव रमेश सिलवाललगायत एन्फा पदाधिकारीले १८ खेलाडीसहित २४ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।
  • सो टोली बिहीबार कीर्गिस्तान प्रस्थान गर्नेछ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कीर्गिस्तानमा आयोजना हुने ‘नादेज्दा कप २०१९’ फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली महिला फुटबल टोलीलाई आज बिदाइ गरेको छ ।एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य–सचिव रमेश सिलवाललगायत एन्फा पदाधिकारीले १८ खेलाडीसहित २४ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । सो टोली बिहीबार कीर्गिस्तान प्रस्थान गर्नेछ ।

उक्त कपका लागि आयोजक कीर्गिस्तानसहित नेपाल, उज्वेकिस्तान र ताजिकिस्तानले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालले आयोजक कीर्गिस्तानसँग यही भदौ २२ गते खेल्दै प्रतियोगिता उद्घाटन गर्नेछ । त्यस्तै नेपालले दोस्रो खेल यही भदौ २३ गते उज्वेकिस्तानसँग र २४ गते ताजिकिस्तानसँग खेल्नेछ । लिगचरणको खेलपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । प्रतियोगिताको अन्तिम चरणको भदौ २६ गते हुनेछ ।

सहभागी १८ सदस्यीस्य टोलीमा एन्जिलातुम्बापो सुब्बा, अञ्जना राना मगर, पुनम जर्घामगर, हीराकुमारी भुजेल, अम्रिता जैसी, दीपा राई, रेनुका नगरकोटी, अनिता बस्नेत, मञ्जलीकुमारी योञ्जन, सरु लिम्बू, सावित्रा भण्डारी, नीरु थापा, रेखा पौडेल, अनिता केसी, गीता राना, कविता धिमाल, विमला चौधरी र इन्दिरा राई छन् । त्यसैगरी अन्य सहभागीमा मुख्य प्रशिक्षक प्रशिक्षक हरि खड्का, सहायक प्रशिक्षक अरुणा गुरुङ, गोलरक्षक प्रशिक्षक अस्मिता खवास, फिजियोथेरापीस्ट नविना श्रेष्ठ, टोली चिकित्सक डङ्गोल महर्जन र व्यवस्थापक पेमाडङ्गोल लामा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेस र कोशी प्रदेशको तराईका केही स्थानमा वर्षासँगै हुरी चल्ने पूर्वानुमान
मधेस र कोशी प्रदेशको तराईका केही स्थानमा वर्षासँगै हुरी चल्ने पूर्वानुमान
पार्टीभित्र गम्भीर समीक्षा गर्दै कम्युनिष्टहरु एक हुनुपर्छः प्रचण्ड
पार्टीभित्र गम्भीर समीक्षा गर्दै कम्युनिष्टहरु एक हुनुपर्छः प्रचण्ड
प्रधानमन्त्रीले किन राखे आकष्मिक मन्त्रिपरिषद बैठक ?
सरकारले विदेशमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी थाल्यो
सरकारले विदेशमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी थाल्यो
अख्तियारद्वारा इटहरी उपमहानगरको कागजत जफत
अख्तियारद्वारा इटहरी उपमहानगरको कागजत जफत
नक्कली लाइसेन्स प्रकरण: यातायातका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर
नक्कली लाइसेन्स प्रकरण: यातायातका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर
कर्मचारी सरुवाको सक्कल फाइल २४ घण्टाभित्र पेश गर्न आयोगको निर्देशन
अर्घाखाँचीमा दुर्घटनामा एकजनाको मृत्यु
अर्घाखाँचीमा दुर्घटनामा एकजनाको मृत्यु
चुनावको मुखमा फेरि नौ सचिवको सरुवा
चुनावको मुखमा फेरि नौ सचिवको सरुवा
पाँचमध्ये एक शिशुले निमोनियाको खोप पाएनन् : २३ हजारलाई मृत्युबाट जोगाइने
पाँचमध्ये एक शिशुले निमोनियाको खोप पाएनन् : २३ हजारलाई मृत्युबाट जोगाइने

तपाईंले छुटाउनुभयो कि?