दाङवासी सडकमा : दाङलाई अस्थायी मुकाम नतोके राजमार्ग ठप्प पार्ने चेतावनी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २, २०७४
|
|
१७ पटक हेरिएको
Shares
दाङवासी सडकमा : दाङलाई अस्थायी मुकाम नतोके राजमार्ग ठप्प पार्ने चेतावनी

सारांश

  • दाङ, २ माघ ।
  • प्रदेश नम्बर ५ को राजधानी दाङलाई तोक्न तुलसीपुर उद्योग वाणिज्य संघले जोडदार माग गरेको छ ।
  • दाङलाई राजधानी बनाउनका लागि यसअघि महत्वपूर्ण भूमिका र दवाव सिर्जना गर्दै आइरहेको तुलसीपुर उद्योग वाणिज्य संघले सबै स्रोत र साधनका हिसावले उपयुक्त रहेको दाङ जिल्लालाई राजधानी नबनाए जिल्ला र पूर्वपश्चिम राजमार्ग ठप्प पार्ने चेतावनी दिएको छ ।

दाङ, २ माघ । प्रदेश नम्बर ५ को राजधानी दाङलाई तोक्न तुलसीपुर उद्योग वाणिज्य संघले जोडदार माग गरेको छ । दाङलाई राजधानी बनाउनका लागि यसअघि महत्वपूर्ण भूमिका र दवाव सिर्जना गर्दै आइरहेको तुलसीपुर उद्योग वाणिज्य संघले सबै स्रोत र साधनका हिसावले उपयुक्त रहेको दाङ जिल्लालाई राजधानी नबनाए जिल्ला र पूर्वपश्चिम राजमार्ग ठप्प पार्ने चेतावनी दिएको छ ।

मंगलवार तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावत र महासचिव रुप बहादुर खत्रीले एक प्रेस विज्ञप्ति जारी गरी तत्काल दाङ जिल्लालाई ५ नम्बर प्रदेशको राजधानी घोषणा गर्न आव्हान गरेका छन् । “दाङलाई अस्थायी मुकाम तोकिएन भने ठूलो अन्याय हुनेछ”,संघका अध्यक्ष रावतले भने, “सरकारले आलटाल गरेमा हामी जस्तोसुकै आन्दोलन गर्न पनि तयार छौं ।”

तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजालले दाङलाई अस्थायी मुकाम तोक्न नसके जिल्लावासीहरुलाई ठूलो अन्याय हुन्छ भन्दै शान्तिपूर्ण आन्दोलनमा उत्रने चेतावनी दिए । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका अध्यक्ष सुरेश हमालले दाङलाई अस्थायी मुकाम नतोकिए पूर्वपश्चिम राजमार्ग ठप्प पार्ने चेतावनी दिए ।

यता जिल्लामा रहेका सम्पूर्ण राजनितिक दल, नागरिक समाज, पत्रकार, संघ संस्था, उद्योगी व्यवसायीहरुको समन्वयमा उद्योग वाणिज्य संघहरुले आन्दोलनको नेतृत्व गर्ने तयारी रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चकलेट र गाडी व्यापारीको चंगुलमा अर्थमन्त्री खतिवडा !
चकलेट र गाडी व्यापारीको चंगुलमा अर्थमन्त्री खतिवडा !
नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ यू–२० च्याम्पियनसीपको उपाधि
नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ यू–२० च्याम्पियनसीपको उपाधि
सीमा क्षेत्रमा महिला–बालबालिका हराउने क्रम बढ्दो
सीमा क्षेत्रमा महिला–बालबालिका हराउने क्रम बढ्दो
चर्चित टिभी सीरियल ‘सीआईडी’ बन्द हुने
चर्चित टिभी सीरियल ‘सीआईडी’ बन्द हुने
विकासका चुनौती र दीर्घकालीन सोच…
विकासका चुनौती र दीर्घकालीन सोच…
Great things about Using a Latina Marriage Agency
आन्दोलन र पार्टी पुर्नगठनको एजेन्डामा केन्द्रित नेकपा प्रचण्ड समूहको बैठक
आन्दोलन र पार्टी पुर्नगठनको एजेन्डामा केन्द्रित नेकपा प्रचण्ड समूहको बैठक
चार दशकसम्म मृगतृष्णा बनेको पश्चिमसेतीले जगाएको आशा
चार दशकसम्म मृगतृष्णा बनेको पश्चिमसेतीले जगाएको आशा
‘केपी ओली अबको प्रधानमन्त्री’ भनेर जनतासँग भोट मागिएको बिर्सन मिल्दैन( ईश्वर पोखरेल, उपप्रधानमन्त्री)
‘केपी ओली अबको प्रधानमन्त्री’ भनेर जनतासँग भोट मागिएको बिर्सन मिल्दैन( ईश्वर पोखरेल, उपप्रधानमन्त्री)
बैङ्कका ग्राहक तथा कर्मचारीले यी अस्पतालमा उपचार गर्दा छुट, हेर्नुहाेस कुन -कुन अस्पतालमा छुट छ ?
बैङ्कका ग्राहक तथा कर्मचारीले यी अस्पतालमा उपचार गर्दा छुट, हेर्नुहाेस कुन -कुन अस्पतालमा छुट छ ?

तपाईंले छुटाउनुभयो कि?