दार्चुलामा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २५, २०७९
|
|
२३ पटक हेरिएको
Shares
दार्चुलामा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

सारांश

  • दार्चुला।
  • दार्चुलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ।
  • लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको हो।

दार्चुला। दार्चुलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको हो।

गए राति आएको पहिरोका कारण नौगाड गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ। नौगाड गाउँपालिका वडा नम्बर १ सल्लाका ३७ वर्षीया जानकी ठगुन्ना १३ वर्षीया धनुली ठगुन्ना र वडा नम्बर २ का मोहनराम पार्कीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख जगत गाहामगरले जानकारी दिए। नौगाडमा पहिरोले १२ घर पूर्णरुपमा क्षति पुगेको छ।

यस्तै लास्कु खोलामा आएको बाढीले महाकाली नगरपालिका-३ डुङुरीका मानमति कार्की र महाकाली नगरपालिका २ का नन्दराम बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ। लास्कु खोलामा आएको बाढीले मानमतिका श्रीमान् धनसिंह कार्की, छोराहरु दीपक र दिनेश कार्की बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख गाहामगरले जानकारी दिए। उनीहरुको खोजी भइरहेको छ। डुङुरी पावर हाउसमाथिबाट आएको लास्कु खोलाले कार्कीको पसलकम पूरै क्षति गरेको छ। पावर हाउँस बगाएको छ। निर्माणाधीन खार खलङ्गा सडकमा प्रयोग भएको जेसीभी बगाएको छ।

महाकाली नदी र लास्कु खोलामा आएको बाढीले खलङ्गा हुँदै दुहुँ व्याँस जोड्ने सडक अवरुद्ध बनेको छ। दार्चुला तिङ्कर सडकअन्तर्गत रिङ्गलतालदेखि कलौनभीरसम्म सडक अवरुद्ध भएको छ। दुहुँ गाउँपालिका र महाकाली नगरपालिका जोड्ने यो सडक बगाएपछि यो क्षेत्रमा आवतजावतमा समस्या भएको छ। महाकाली तटबन्ध हुँदै निर्माण गरिएको दार्चुला तिङ्कर सडक पूर्णरुपमा क्षति भएको छ।

लास्कु खोलामा निर्माण गरिएको मोटेरबल पुल र झोलुङ्गे पुल बगाएको छ । पुल नहुँदा वारपार गर्न सकिने अवस्था छैन् । महाकाली वडा नम्बर ४ बंगाबगड हुँदै वडा नम्बर १ छापरी जाने पुल बगाएको छ । दार्चुला तिङ्कर सडकमा राति पार्किङ गरी राखिएका जिप महाकालीले बगाएको स्थानीय चक्रबहादुर बमले बताउनुभयो । बमका अनुसार पाँच वटा जिप, एक ट्र्याक्टर र एक ट्रली बगाएको छ । —

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आन्दोलनरत चिकित्सकहरुलाई काममा फर्किन प्रधानमन्त्रीको कडा निर्देशन
आन्दोलनरत चिकित्सकहरुलाई काममा फर्किन प्रधानमन्त्रीको कडा निर्देशन
बाबुरामको प्रश्न ? ओली आफ्नो कुबाटोमा दृढ छन्स अरू उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने ?
बाबुरामको प्रश्न ? ओली आफ्नो कुबाटोमा दृढ छन्स अरू उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने ?
नारायणगढ-मुग्लिन सडक आउँदो शनिबार ७ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिन सडक आउँदो शनिबार ७ घण्टा बन्द हुने
पशुपतिमा मृत भेटिए सुरक्षाकर्मी
पशुपतिमा मृत भेटिए सुरक्षाकर्मी
चलचित्र ‘हैरान’को प्रर्दशन मिति तयः जेठ ४ गते
चलचित्र ‘हैरान’को प्रर्दशन मिति तयः जेठ ४ गते
मुख्य मन्त्रीदेखि वडा सदस्यसम्मको सेवा–सुविधा ताेकियाे, कस्ले कति पाउँछन ?
मुख्य मन्त्रीदेखि वडा सदस्यसम्मको सेवा–सुविधा ताेकियाे, कस्ले कति पाउँछन ?
सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ
सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ
लोकतान्त्रिक गठबन्धन बनाउने कांग्रेसको निर्णय
लोकतान्त्रिक गठबन्धन बनाउने कांग्रेसको निर्णय
राउतसंग सरकारले गरेको सम्झौता माअोवादीसंगको शान्ति सम्झौता पछिको दोस्रो उपलब्धि -पुर्बमन्त्रि बस्नेत
राउतसंग सरकारले गरेको सम्झौता माअोवादीसंगको शान्ति सम्झौता पछिको दोस्रो उपलब्धि -पुर्बमन्त्रि बस्नेत
वर्षाले नेपालगञ्ज जलमग्न, सतर्कता अपनाउन प्रशासनको आग्रह
वर्षाले नेपालगञ्ज जलमग्न, सतर्कता अपनाउन प्रशासनको आग्रह

तपाईंले छुटाउनुभयो कि?