काठमाडौंका ६ नगरपालिकामा एमालेको अग्रता, कांग्रेस ३ नगरपालिकामा अगाडि

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १, २०७४
|
|
३९८ पटक हेरिएको
Shares
काठमाडौंका ६ नगरपालिकामा एमालेको अग्रता, कांग्रेस ३ नगरपालिकामा अगाडि

सारांश

  • १ जेठ, काठमाडौं ।
  • काठमाडौं महानगरपालिकाको मतगणना सुरु हुँदै गर्दा काठमाडौंभित्रका १० वटा नगरपालिकामा भने एमालेले अग्रता लिएको छ ।
  • कांग्रेसले एमालेलाई पछ्याइरहेको छ भने माओवादीले कुनै पनि नगरपालिकामा अग्रता लिन सकेको छैन ।

१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सुरु हुँदै गर्दा काठमाडौंभित्रका १० वटा नगरपालिकामा भने एमालेले अग्रता लिएको छ । कांग्रेसले एमालेलाई पछ्याइरहेको छ भने माओवादीले कुनै पनि नगरपालिकामा अग्रता लिन सकेको छैन ।

हालसम्म शंखरापुर, बुढानीलकण्ठ, नागार्जुन, कीर्तिपुर, दक्षिणकाली र टोखा नगरपालिकामा एमालेका मेयर र उपमेयकार उम्मेदवारले अग्रता लिइरहेका छन् । कांग्रेसले कागेश्वरी मनहरा, चन्द्रागिरी र गोकर्णेश्वर नगरपालिकामा अग्रता लिएको छ ।

 

तारकेश्वर नगरपालिकाको अहिलेसम्म मतगणनाको प्रारम्भिक नतिजा बाहिर आएको छैन । एमालेले बुढानीलकण्ठको वडा नम्बर १३ मा प्यानलै जितेको छ भने कीर्तिपुर, नागर्जुन नगरपालिकाका केही वडामा पनि जितेको छ ।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?