वीरगञ्ज नाकामा पनि भेटिए कोरोना संक्रमित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २७, २०८०
|
|
४५ पटक हेरिएको
Shares
वीरगञ्ज नाकामा पनि भेटिए कोरोना संक्रमित

सारांश

  • पर्सा।
  • वीरगञ्ज नाकामा सञ्चालित ‘हेल्थ डेस्क’मा गरिएको एन्टिजेन परीक्षणमा दुई व्यक्तिमा कोरोना संक्रमण भेटिएको छ।
  • उनीहरु दुवै जनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन १ को सङ्क्रमण भेटिएको प्रयोगशाला प्राविधिक निशा साहले जानकारी दिइन्।

पर्सा। वीरगञ्ज नाकामा सञ्चालित ‘हेल्थ डेस्क’मा गरिएको एन्टिजेन परीक्षणमा दुई व्यक्तिमा कोरोना संक्रमण भेटिएको छ। उनीहरु दुवै जनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन १ को सङ्क्रमण भेटिएको प्रयोगशाला प्राविधिक निशा साहले जानकारी दिइन्।

प्रयोगशाला प्राविधिक साहका अनुसार एक जना नेपाली र एक जना भारतीय नागरिकमा कोरोना संक्रमण भेटिएको हो। नेपाल-भारत सीमास्थित नाकाको हेल्थ डेस्कमा बुधबार र बिहीबार करिब एक सयभन्दा बढी व्यक्तिमा एन्टिजेन परीक्षण गरिएको थियो।

कोरोना संक्रमण पुष्टि दुवै जना कोलकत्ताबाट रेलको यात्रा गरी आएका थिए। नेपाली नागरिकलाई वीरगञ्जकै नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ भने भारतीय नागरिकलाई भारतीय प्रहरीको जिम्मा लगाइएको छ।

उनीहरुमा लिइएको नमुना जिन सिक्वेन्सीङका लागि जनकपुरस्थित प्रादेशिक स्वास्थ्य प्रयोगशालामा पठाइएको वीरगञ्ज महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुमनचन्द्र ठाकुरले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रेमिकाको हत्यापछि अस्ट्रेलियामा नेपालीले गरे आत्महत्या
प्रेमिकाको हत्यापछि अस्ट्रेलियामा नेपालीले गरे आत्महत्या
जब ७० वर्षीय अवकाशप्राप्त शिक्षकले १९ वर्षीय छात्रालाई भगाए!
जब ७० वर्षीय अवकाशप्राप्त शिक्षकले १९ वर्षीय छात्रालाई भगाए!
कमेडियन कपिल शर्माकाे विहे तय , यी हुन दुलहि
राष्ट्रपति पौडेल बागलुङमा
राष्ट्रपति पौडेल बागलुङमा
विश्वासको मत र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा १० दलमा एकमत
विश्वासको मत र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा १० दलमा एकमत
सीसीएमसी बैठकले लकडाउनबारे निर्णय लिएन, सबै देशमा उडान अनुमति दिदै जाने
सीसीएमसी बैठकले लकडाउनबारे निर्णय लिएन, सबै देशमा उडान अनुमति दिदै जाने
परदेसिका पीडा बोकेर आय चर्चित गायक भिमसेन खतिवडा
परदेसिका पीडा बोकेर आय चर्चित गायक भिमसेन खतिवडा
राेचक समाचार : जब कमिलाले एउटी किशोरीको बलात्कार हुनबाट जोगाए…
राेचक समाचार : जब कमिलाले एउटी किशोरीको बलात्कार हुनबाट जोगाए…
हेड टु हेडको दोस्रो चरणमा सिंगापुरकी पेह विजेता, शृंखला रुदै भनिन सरि नेपाल (भिडियो सहित)
हेड टु हेडको दोस्रो चरणमा सिंगापुरकी पेह विजेता, शृंखला रुदै भनिन सरि नेपाल (भिडियो सहित)
कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद (सूचीसहित)
कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद (सूचीसहित)