विश्व युवा सम्मेलनकाे तयारीमा युवासंघ नेपाल !

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ६, २०७५
|
|
२० पटक हेरिएको
Shares
विश्व युवा सम्मेलनकाे तयारीमा युवासंघ नेपाल !

सारांश

  • काठमाडौं,  ६ जेठ ।
  • युवासंघ नेपालकाे अायाेजनमा  जेठ ९ गते हुन गइरहेकाे विश्व प्रजातान्त्रिक युवा तथा विद्यार्थी संघकाे कार्यक्रमकाे तयारीकाे सम्बन्धमा युवासंघले तयारी थालेकाे छ ।
  • युवासंघ नेपालका अध्यक्ष रमेश पाैडेलकाे नेतृत्वमा बसेकाे तयारि बैठकले कार्यक्रमको लागि विश्व प्रजातान्त्रिक युवा तथा विद्यार्थी संघका अध्यक्ष निकोलस पापाडिमित्र्यु, उपाध्यक्षलगायत संगठनको मुख्यालय टोलीलार्इ स्वागत गरेकाे युवासंघ नेपालले जनाएकाे छ ।

काठमाडौं,  ६ जेठ । युवासंघ नेपालकाे अायाेजनमा  जेठ ९ गते हुन गइरहेकाे विश्व प्रजातान्त्रिक युवा तथा विद्यार्थी संघकाे कार्यक्रमकाे तयारीकाे सम्बन्धमा युवासंघले तयारी थालेकाे छ ।

युवासंघ नेपालका अध्यक्ष रमेश पाैडेलकाे नेतृत्वमा बसेकाे तयारि बैठकले कार्यक्रमको लागि विश्व प्रजातान्त्रिक युवा तथा विद्यार्थी संघका अध्यक्ष निकोलस पापाडिमित्र्यु, उपाध्यक्षलगायत संगठनको मुख्यालय टोलीलार्इ स्वागत गरेकाे युवासंघ नेपालले जनाएकाे छ ।

भेलामा नेपालकाे कम्युनिकष्ट अान्दाेलनमा युवाहरूकाे भुमिका र अर्न्तराष्टिय कम्युनिष्ट अान्दाेलनमा युवाहरूकाे भुमिकामा छलफल गरिएकाे पाैडेलले शिखरन्युजलार्इ बताए ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रम प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले संयुक्त रुपमा उद्घाटन गर्ने युवासंघनेपालका केन्द्रिय सदस्य दिनेश ढकालले बताए ।  

कार्यक्रमको लागि विश्व प्रजातान्त्रिक युवा तथा विद्यार्थी संघका अध्यक्ष निकोलस पापाडिमित्र्यु, उपाध्यक्षलगायत संगठनको मुख्यालय टोली आइतबार (आज) काठमाडौं आइसकेका छन् ।

विश्व प्रजातान्त्रिक युवा तथा विद्यार्थी संघमा आबद्ध ४० देशका कम्युनिष्ट अगुवाहरु नेपालको कम्युनिष्टहरुको संघर्ष, आन्दोलन, एकता र जनसम्बन्धका विषयमा जानकारी लिन काठमाडौं आएका हुन् । विश्व प्रजातान्त्रिक युवा संघमा अनेरास्ववियु, युवासंघ र स्ववियु सदस्य रहेका छन् ।

भेलामा युवासंघ नेपालका महासचिव नरेश शाही, सचिव सन्ताेष रावल , काेषाध्यक्ष अमित लामा , विश्व प्रजातान्त्रिक युवा तथा विद्यार्थी संघ(wfdy) का एसिया संयाेजक  सुन्दर भुषाल लगाएतकाे उपस्थीति रहेकाे थियाे ।

अाज नै साढे ६ बजे विश्व प्रजातान्त्रिक युवा तथा विद्यार्थी संघ हेडक्वाटर संग पुन भेटघाट गर्ने अध्यक्ष पाैडेलले बताए ।

यस्तो छ संगठनको उद्देश्य ?
विश्व प्रजातान्त्रिक युवा तथा विद्यार्थी संगठन ‘डब्लूएफडीवाई’ एक अन्तर्राष्ट्रिय युवा संगठन हो । जसलाई संयुक्त राष्ट्रले अन्तर्राष्ट्रिय युवा गैरसरकारी संगठनको रुपमा मान्यता दिएको छ ।
यसले ऐतिहासिक रुपमा साम्राज्यवादको विरोध र आफूलाई वामपन्थीको रुपमा चित्रित गर्दै आएको छ । यसको स्थापना सन् १९४५ मा लण्डनमा भएको थियो ।

यस संगठनले स्थापना कालदेखि नै अन्तर्राष्ट्रिय युवा आन्दोलनको रुपमा काम गर्दै आएको छ । यो संगठनको उद्देश्य दोस्रो विश्वयुद्धको अन्त्यको लागि सहयोगी राष्ट्रका युवाहरुलाई एकजुट गराउनु, परमाणु युद्वको विरोध गर्नु, पूँजिवादी र समाजवादी राष्ट्रका युवाबीच भातृत्वको भावना पैदा गर्नु र शान्तीको आह्वान गर्न रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?