सुत्केरी भत्ता पाएनन्

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १९, २०७५
|
|
१९ पटक हेरिएको
Shares
सुत्केरी भत्ता पाएनन्

सारांश

  • बैतडी, १९ माघ , स्वास्थ्य संस्थामा बच्चा जन्माउने वित्तिकै सुत्केरी आमाले पाउनुपर्ने सुत्केरी भत्ता बैतडीका आमाहरुले पाउन सकेका छैनन् ।
  • सरकारले स्वास्थ्य संस्थामा बच्चा जन्माएवापत रु दुई हजार र सरकारको मापदण्ड अनुसार चार पटक जाँच गराएमा पाउनुपर्ने रु आठ सय चालू आर्थिक वर्षमा वितरण हुन नसकेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
  • स्वास्थ्य संस्थामा बच्चा जन्माउने वित्तिकै आमालाई सुत्केरी भत्ता दिनुपर्ने नीति भए पनि सुत्केरी भत्ता वितरण गर्न नसकिएको हो ।

बैतडी, १९ माघ , स्वास्थ्य संस्थामा बच्चा जन्माउने वित्तिकै सुत्केरी आमाले पाउनुपर्ने सुत्केरी भत्ता बैतडीका आमाहरुले पाउन सकेका छैनन् ।

सरकारले स्वास्थ्य संस्थामा बच्चा जन्माएवापत रु दुई हजार र सरकारको मापदण्ड अनुसार चार पटक जाँच गराएमा पाउनुपर्ने रु आठ सय चालू आर्थिक वर्षमा वितरण हुन नसकेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । स्वास्थ्य संस्थामा बच्चा जन्माउने वित्तिकै आमालाई सुत्केरी भत्ता दिनुपर्ने नीति भए पनि सुत्केरी भत्ता वितरण गर्न नसकिएको हो ।

जिल्लाका १० वटै स्थानीय तहमा सुत्केरी भत्तावापतको रकम अपुग भएकाले सुत्केरी भत्ता वितरण गर्न नसकेको सम्बन्धित स्थानीय तहका स्वास्थ्य संयोजकले जनाएका छन् ।

सुत्केरी भत्ता समयमै वितरण गर्न नसक्दा सुत्केरी आमा रिसाउने गरेको चौखाम स्वास्थ्यचौकीका इन्चार्ज हेमन्तसिंह साउदले जानकारी दिनुभयो । स्वास्थ्य संस्थामा बच्चा जन्माउने वित्तिकै पाउनुपर्ने सुत्केरी भत्ता वितरण गर्न नसक्दा अब गाउँगाउँ गएर वितरण गर्नुपर्ने भएकाले समस्या हुने उहाँले बताउनुभयो ।

यस्तै पुर्चौंडी नगरपालिकाले गएको वैशाखदेखि सुत्केरीभत्ता वितरण गर्न सकेको छैन् । सुत्केरीका लागि आएको रकम अपुग भएकाले समयमै वितरण गर्न नसकिएको पुर्चाैंडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले जानकारी दिनुभयो ।

स्थानीय तहमा सुत्केरी भत्तावापतको रकम कम आएकाले वितरण गर्न नसकिएको मेलौली नगरपालिकाका स्वास्थ्य संयोजक नारायण चन्दले बताउनुभयो ।

सरकारले स्वास्थ्य संस्थामा बच्चा जन्माएवापत आमाले रु एक हजार पाउने गरेकोमा चालू आर्थिक वर्षमा त्यसलाई बढाएर रु दुई हजार पाउने व्यवस्था गरेको थियो । तर सुत्केरीले पाउने भत्ता गत वर्षको भन्दा कम निकासा भएको स्थानीय तहले जनाएका छन् । सुत्केरी भत्ता नपाउँदा सेवाग्राही भने रुष्ट बनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?