अस्पताल जानु अघि प्रधानमन्त्री ओलीको आयो यस्तो सन्देश (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १९, २०७६
|
|
३१ पटक हेरिएको
Shares
अस्पताल जानु अघि प्रधानमन्त्री ओलीको आयो यस्तो सन्देश (भिडियो सहित)

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मिर्गौला प्रत्यारोपणको लागि अस्पताल जानुअघि एक भिडियो सन्देश जारी गरेका छन् ।
  • उनले पछि थप उर्जा लिएर काममा फर्किने विश्वास व्यक्त गरेका छन् ।
  • प्रधानमन्त्रीले सन्देशमा भनेका छन्,“मेरो सिङ्गो जीवन कुनै न कुनै किसिमको संर्घषमा बित्दै आएको छ, विविध समस्याहरूसँग निरन्तर जुध्ने क्रममा शरीरभित्र सिर्जित रोगसँग लड्न म बाध्य हुन पुगेको यहाँहरू सबैलाई जानकारी नै छ, आजभन्दा झण्डै १२ वर्ष अघि मेरा दुबै मिर्गौलाले काम गर्न छोडेपछि २०६४ साउनमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएको थिएँ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मिर्गौला प्रत्यारोपणको लागि अस्पताल जानुअघि एक भिडियो सन्देश जारी गरेका छन् । उनले पछि थप उर्जा लिएर काममा फर्किने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्रीले सन्देशमा भनेका छन्,“मेरो सिङ्गो जीवन कुनै न कुनै किसिमको संर्घषमा बित्दै आएको छ, विविध समस्याहरूसँग निरन्तर जुध्ने क्रममा शरीरभित्र सिर्जित रोगसँग लड्न म बाध्य हुन पुगेको यहाँहरू सबैलाई जानकारी नै छ, आजभन्दा झण्डै १२ वर्ष अघि मेरा दुबै मिर्गौलाले काम गर्न छोडेपछि २०६४ साउनमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएको थिएँ। त्यतिबेला नेपालमा मिर्गौला प्रत्यारोपणको सुविधा थिएन। आगामी फागुन २१ गते बुधबार फेरि मैले मिर्गौला प्रत्यारोपण गराउँदैछु। त्यसको चिकित्सकीय तयारीका लागि म आजै त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्मा भर्ना हुदैछु।”

(firework.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?