काठमाडौं परिसरको कमाण्ड सम्हाल्दै एसएसपी प्रधुम्न कार्की
सारांश
- काठमाडौं ।
- काठमाडौं र ललितपुरका प्रहरी प्रमुखहरु फेरिएका छन् ।
- महानगरीय प्रहरी परिसर काठमाडौंमा एसएसपी प्रधुम्न कार्की र ललितपुर प्रहरी परिसरमा काम चलाउको रुपमा देवबहादुर बोगटीलाई जिम्मेवारी दिइएको छ ।
काठमाडौं । काठमाडौं र ललितपुरका प्रहरी प्रमुखहरु फेरिएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंमा एसएसपी प्रधुम्न कार्की र ललितपुर प्रहरी परिसरमा काम चलाउको रुपमा देवबहादुर बोगटीलाई जिम्मेवारी दिइएको छ ।
हाल रहेका प्रहरी प्रमुखहरु डिआइजीमा बढुवा भएपछि प्रहरी हेडक्वार्टरले उनीहरुलाई सरुवा गर्दै नयाँ अनुहार ल्याएको हो ।
प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका छविलाल जोशीलाई अपराध अनुसन्धान विभागमा काज सरुवा गर्दै उनको ठाउँमा एसएसपी प्रधुम्न कार्कीलाई तत्कालका लागि काम चलाउ रुपमा काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिएको छ । काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी पाएका कार्की यसअघि महानगरिय प्रहरी परिसरमै कार्यारत थिए ।
यस्तै, ललितपुर प्रहरी प्रमुख ठूले राईलाई पनि अपराध अनुसन्धान विभागमा काज सरुवा गर्दै प्रहरी हेडक्वार्टरले उनको ठाउँमा देवबहादुर बोगटीलाई पनि तत्कालका लागि काम चलाउ रुपमा ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी दिएको छ ।
जोशी र राई डिआइजीमा बढुवा भएसंगै तत्कालका लागि काठमाडौंको नेतृत्व कार्कीले र ललितपुरको नेतृत्व बोगटीले पाएका हुन् । काठमाडौं र ललितपुरको कमाण्ड एसएसपीले सम्हाल्दै आएका छन् ।
प्रतिक्रिया