दिल्लीको अन्न गोदाममा भीषण आगलागी, ३५ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २२, २०७६
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • नयाँ दिल्ली।
  • भारतको राजधानी नयाँ दिल्लीको झाँसी रोडमा रहेको एक अनाज मण्डीमा भीषण आगलागी भएको छ ।
  • घटनापछि यस क्षेत्रमा हाहाकार मच्चिएको छ ।

नयाँ दिल्ली। भारतको राजधानी नयाँ दिल्लीको झाँसी रोडमा रहेको एक अनाज मण्डीमा भीषण आगलागी भएको छ । घटनापछि यस क्षेत्रमा हाहाकार मच्चिएको छ । घटनास्थलमा ठूलो संख्यामा दमकल पुगेका छन् । आगो नियन्त्रण गर्ने प्रयास जारी छ ।

घटनामा ३५ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेको संख्या बढ्ने देखिएको छ । कैयौं गम्भीर रुपमा घाइते छन् र यतिबेला उद्धार कार्य जारी रहेको भारतीय मिडिया आज तकले लेखेको छ ।

जानकारीका अनुसार अनाज मण्डीको एक भवनमा आगो लागेको थियो । आगो यति भयानक थियो कि यसलाई नियन्त्रण गर्न ३० भन्दा बढी दमकल परिचालन गरिएको थियो । हेर्दाहेर्दै आगो बढ्दै गएको थियो । घटनामा घाइते भएकाहरुलाई अस्पताल लगिएको छ ।

अस्पतालले अहिलेसम्म ३५ जनाको मृत्यु भएको पुष्टि गरेको छ । आगोमा परेका ५६ जनालाई उद्धार गरिएको छ । तीमध्ये कैयौं गम्भीर घाइते छन् । जानकारीका अनुसार उद्धार गरिएका कैयौं मानिसहरु ५० प्रतिशत भन्दा धेरै जलिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप फुटबल: दुवै एशियाली राष्ट्रलाई पाखा लगाउँदै क्रोएसिया र ब्राजिल क्‍वाटरफाइनलमा
विश्वकप फुटबल: दुवै एशियाली राष्ट्रलाई पाखा लगाउँदै क्रोएसिया र ब्राजिल क्‍वाटरफाइनलमा
नेपाल–चीन मित्रता नयाँ उचाइमा, पछाडि छुट्दै भारत
नेपाल–चीन मित्रता नयाँ उचाइमा, पछाडि छुट्दै भारत
पूर्वी युक्रेनका मानिसलाई सरकारले भन्यो -तत्काल भाग वा मृत्युको सामना गर
पूर्वी युक्रेनका मानिसलाई सरकारले भन्यो -तत्काल भाग वा मृत्युको सामना गर
लगातार वर्षाले जनकपुर जलमग्न
लगातार वर्षाले जनकपुर जलमग्न
अनुषा भइन् दशौं मिसेस हिमालयन नेपाल
अनुषा भइन् दशौं मिसेस हिमालयन नेपाल
पुर्बमन्त्री महेश बस्नेतलाई जिताउने भन्दै प्याब्सन उपाध्यक्ष दिपिका थापा एमाले प्रवेश;
पुर्बमन्त्री महेश बस्नेतलाई जिताउने भन्दै प्याब्सन उपाध्यक्ष दिपिका थापा एमाले प्रवेश;
भोलि एकताको सबै विषय टुँगो लाग्ने प्रचण्डको दावी
भोलि एकताको सबै विषय टुँगो लाग्ने प्रचण्डको दावी
गायिका कोमल वली मन्त्रीमा नियुक्त, सल्लाहकारमा पशुपति शर्मा (भिडियो)
गायिका कोमल वली मन्त्रीमा नियुक्त, सल्लाहकारमा पशुपति शर्मा (भिडियो)
बाढी–पहिरोभन्दा कम छैन आगलागी र चट्याङको जोखिम
बाढी–पहिरोभन्दा कम छैन आगलागी र चट्याङको जोखिम
कोपा डेल रेको उपाधि भ्यालेन्सियालाई, बार्सिलोना २–१ ले पराजित
कोपा डेल रेको उपाधि भ्यालेन्सियालाई, बार्सिलोना २–१ ले पराजित

तपाईंले छुटाउनुभयो कि?