आजदेखि जोर विजोर प्रणाली अनुसार सवारी चल्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ३०, २०७७
|
|
२६ पटक हेरिएको
Shares
आजदेखि जोर विजोर प्रणाली अनुसार सवारी चल्ने

सारांश

  • सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्था अनुसार शुक्रबारदेखि उपत्यका भित्र र बाहिरका जिल्लामा चल्ने गाडीमा जोरबिजोर प्रणाली लागू हुने भएको छ।
  • आजदेखि काठमाडौँ उपत्यका भित्र र अरु जिल्ला भित्र मात्र निजी सवारी साधन चल्न दिने निर्णय गरेअनुसार जोरबिजोर प्रणाली लागु हुने भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
  • महाशाखाका अनुसार सरकारले गरेको निर्णय अनुसार उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागू गरिने छ भने बाहिर एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाइने छैन।

सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्था अनुसार शुक्रबारदेखि उपत्यका भित्र र बाहिरका जिल्लामा चल्ने गाडीमा जोरबिजोर प्रणाली लागू हुने भएको छ। आजदेखि काठमाडौँ उपत्यका भित्र र अरु जिल्ला भित्र मात्र निजी सवारी साधन चल्न दिने निर्णय गरेअनुसार जोरबिजोर प्रणाली लागु हुने भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सरकारले गरेको निर्णय अनुसार उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागू गरिने छ भने बाहिर एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाइने छैन। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालका अनुसार शुक्रबारदेखि कार्यान्वयन हुने जोरबिजोर प्रणाली लागू गरिएको हो।

निजीसवारी साधन मात्र चलाउँदा पनि चार पाङ्गे गाडीमा चालकसहित तीन जना र मोटरसाइकल, साइकल र स्कुटरमा चालक मात्र बस्न पाउनेछन्। जोर विजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन मात्रै चलाउन पाइने छ । अत्यावश्यकबाहेक निजी सवारी साधन राति ९ देखि बिहान ५ बजेसम्म भने चलाउन पाइने छैन।

सरकारले निजी गाडी नम्बर प्लेटको आधारमा चलाउन दिने भनेपनि सार्वजनिक गाडी भने चल्न नदिने निर्णय गरेको छ। जसअनुसार कालो नम्बर प्लेट भएका बस, माइक्रो, हाइस, ट्याक्सी, ट्याम्पो भने चल्न पाउने छैनन्। यस अघि पास लिएर चलिरहेका निजी गाडी पनि जोरबिजोर प्रणाली अनुसार मात्र चलाउनु पर्ने महाशाखाले उल्लेख गरेको छ।

अत्यावश्यक काम बाहेक जोर बिजोर प्रणालीलाई उल्लङ्घन गरेर गाडी चलाउनेलाई भने विभिन्न चेकप्वाईन्टमा खट्टिएका ट्राफिक प्रहरीले चेकजाँच गरी नियमानुसार कारवाही गर्ने महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए । उनले उपत्यका भित्रिने र बाहिरिने सवारी साधनलाई भने अनिवार्य पास लिएको हुनुपर्ने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?