मध्यरातसम्म उम्मेदवारी मनाेनयन दर्ता, रुपन्देहीमा ४ हजार ७ सय ३२ जनाकाे मनाेनयन
सारांश
- भैरहवा।
- रुपन्देहीमा मध्मयरात सम्म मनाेनयन दर्ता चलेकाे छ।
- आगामी वैशाख ३० गते ताेकिएकाे चुनावका लागि मनाेनयन दर्ता साेमबार साँझ ५ बजेसम्म रहे पनि सिस्टम नचलेकाेले कर्मचारी राती १२ बजे सम्म कार्यालयबाट काम गरिरहेका थिए।
भैरहवा। रुपन्देहीमा मध्मयरात सम्म मनाेनयन दर्ता चलेकाे छ। आगामी वैशाख ३० गते ताेकिएकाे चुनावका लागि मनाेनयन दर्ता साेमबार साँझ ५ बजेसम्म रहे पनि सिस्टम नचलेकाेले कर्मचारी राती १२ बजे सम्म कार्यालयबाट काम गरिरहेका थिए। जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका कमप्युटर अपरेटर विनाेद भट्टराईका अनुसार प्राविधिक कारणले सर्भरमा केही समस्या आएकाेले र एकै पटक धेरै मनाेनयन दर्ता भएको हाे। रुपन्देहीमा राति ११ बजेसम्ममा ८८ प्रमुख(मेयर) , ११७ अध्यक्ष, ७१ उपप्रमुख (उपमेयर), ९५ उपाध्यक्ष , १०५७ वडाध्यक्ष ८२६ र ३३०४ जना वडासदस्य गरि जम्मा ४ हजार ७ सय ३२ जनाले उम्मेदवारी मनाेनयन दर्ता गराएका छन्। [image: Screenshot_2022-04-26-00-05-46-30_be80aec1db9a2b53c9d399db0c602181.jpg.jpg]
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया