जिपले मोटरसाइकल ठक्कर दिंदा २ जना युवाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १, २०७५
|
|
२७ पटक हेरिएको
Shares
जिपले मोटरसाइकल ठक्कर दिंदा २ जना युवाको मृत्यु

सारांश

  • काठमाडौं ।
  • पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा बालेरो जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
  • सोमवार साँझ भएको दुर्घटनामा सिन्धुपाल्चोक पाँचपोखरी थाम्पालकोटका २३ वर्षीय मोटरसाइकल चालक विवेक खनाल र पछाडि बस्ने सोही ठाउँकै २१ वर्षीय उदित बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा बालेरो जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

सोमवार साँझ भएको दुर्घटनामा सिन्धुपाल्चोक पाँचपोखरी थाम्पालकोटका २३ वर्षीय मोटरसाइकल चालक विवेक खनाल र पछाडि बस्ने सोही ठाउँकै २१ वर्षीय उदित बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट काठमाडौं जाँदै गरेको बा६च ३११० नंको बोलेरोले मुग्लिनतर्फ आउँदै गरेको प्रदेश ३–०२००३ प ५२१० नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बोलेरोको ठक्करबाट मोटरसाइकलमा सवार दुबै जना गम्भीर घाइते भएका थिए । दुवै घाइतेको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल ठक्कर दिने बोलेरो र चालक इलाका प्रहरी कार्यालय मुग्लिनमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?