दुईपाङ्गेमा ४ लाखसम्म र चारपाङ्ग्रेमा ५० लाखसम्म मूल्यबृद्धि
सारांश
- काठमाडौं, १७ साउन ।
- सरकारले चालु आर्थिक बर्षदेखि लागू हुनेगरी सवारीसाधनको अन्तःशुल्क इन्जिन क्षमताअनुसार निर्धारण गरेको छ ।
- यस्तो भएपछि महँगाा सवारीसाधनको मूल्य उल्लेख्य बृद्धि भएको छ ।
काठमाडौं, १७ साउन । सरकारले चालु आर्थिक बर्षदेखि लागू हुनेगरी सवारीसाधनको अन्तःशुल्क इन्जिन क्षमताअनुसार निर्धारण गरेको छ । यस्तो भएपछि महँगाा सवारीसाधनको मूल्य उल्लेख्य बृद्धि भएको छ ।
दुईपाङ्ग्रे सवारीमा २ हजारदेखि ४ लाख रुपैयाँसम्म वृद्धि भएको छ । चारपाङ्ग्रे सवारीमा ५० लाख रुपैयाँसम्म बढेको देखिन्छ । बजेटमार्फत चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीमा इन्जिन क्षमताका आधारमा ५ प्रतिशत बिन्दुदेखि ४० प्रतिशत बिन्दुसम्म अन्तःशुल्क बढाइएको थियो ।
बजेटमार्फत १ हजार सीसी इन्जिन क्षमताभन्दा माथिका कार र १ सय ५० सीसीभन्दा बढी इन्जिन क्षमताका मोटरसाइकलको अन्तःशुल्क बृद्धि गरिएको हो । सवारीसाधनको मूल्य बढ्नुमा यो बर्षको बजेटमार्फत गरिएको अन्तःशुल्क र सडक मर्मत दस्तुर वृद्धि हुनु भएको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका महासचिव सुनिल रिजालको भनाइ रहेको आजको कारोबारले छापेको छ ।
प्रतिक्रिया