प्रधानमन्त्रीलाई सिटौलाको प्रश्न: सहयोगी भनेर के भन्न खोज्नुभएको ?’

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ १२, २०७५
|
११
|
३२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं,  १२ जेठ ।
  •  कांग्रेस नेता कृष्ण सिटौलाले  प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन ।
  • नेपाल कम्युनिष्ट पार्टीको घोषणा सभामा बोल्दै प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई कम्युनिष्टको ‘सहयोगी’ पार्टीको संज्ञा दिएका थिए ।

काठमाडौं,  १२ जेठ । कांग्रेस नेता कृष्ण सिटौलाले  प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन ।

नेपाल कम्युनिष्ट पार्टीको घोषणा सभामा बोल्दै प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई कम्युनिष्टको ‘सहयोगी’ पार्टीको संज्ञा दिएका थिए ।ओलीको त्यस्तो व्यंग्यप्रति  सिटौलाले आपत्ति जनाएका हुन ।

‘केपी ओलीजीले मनैदेखि हाम्रो पार्टीलाई हेप्न थालेको हो की रु’ शनिवार काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै सिटौलाले भने, ‘मनैदेखि हेप्न थालेको हो भने उहाँको पतन शुरु भयो, सत्ताले मान्छेलाई अन्धो बनाउँछ अनि अहंकारले पतन हुन्छ ।’

प्रधानमन्त्रीले कांग्रेसलाई हेपेर ‘सहयोगी’ भनेपछि नेता सिटौलाले प्रधानमन्त्रीलाई भेटेरै असहमति व्यक्त गरेको बताएका छन् ।‘मैले भेटेरै सोधेँ, जरा–बुट्टा खोजेजस्तो खोज्नुपर्ने, सहयोगी भनेर के भन्न खोज्नुभएको रु’

सिटौलाले भने, ‘उहाँले सहयोगी हैन सहयात्री भनेको प्रतिक्रिया दिनुभो तर जरा–बुट्टा खोजेजस्तो खोज्नुपर्ने भन्ने कुराको उत्तर पाइनँ ।’

चीनमा जतिसुकै पार्टी खुलेपनि चिनियाँ कम्युनिष्ट पार्टीको विचारसँग नबाझिनेगरी खोल्नुपर्ने कानुनी प्रावधान रहेको स्मरण गर्दै सिटौलाले नेपालमा कांग्रेस कदापी कम्युनिष्टको सहयोगीको रुपमा मात्र नरहने बरु प्रतिस्पर्धी हैसियमा रहने नेता सिटौलाले बताए ।

https://www.eyesolutions.in/buy-xanax-from-india/”>eyesolutions.in)

प्रतिक्रिया

11 कमेन्ट

    Comment Author

    Tanka Giri

    खुट्टा तान्ने बानी परेकालाइ सहयोग गर्नु पर्छ भन्दा रिसाउछन ओलि जि अलि बिचार गर्नुस

    Comment Author

    Kc Ganesh

    अस्ति चुनाव मा तपाईं लाई हरायर सुर्य चिन्ह लिनु हुने राप्रपा को उमेद्वार लाई काङरेस ले जितायका थिय नि सिटाैला जियु ले भुल्नु भोर!एमाले को चिन्हमा काङरेस ले डयाम कि डयाम छाप हान्दियको थियो नि त्यो सहयोग होइनर!

    Comment Author

    Bishnu Shrestha

    काले काले मिलेर खाऔ………….

    Comment Author

    Lila Karki

    Ris ta bski holani

    Comment Author

    Chhabi Lal Pradhan

    Bampanthi ko patan ta suru bhai sakyo vrastachar gardein hun dinna bhanne aafu nai sabai bhanda thulo vrastchar garne sau din biti sakyo ukhan tukka garer chunav jiter hudein kam garne time ho garer dekhaunus sabai ko sath paune xa

    Comment Author

    Bhuwani Sk Raut

    काङ्ग्रेसले हुबहु कम्युनिस्टको एजेन्डा बोकेपछी सहयोगी भन्दा के फरक पर्योर?

    Comment Author

    Kabindra Karki

    Aafule bani na bigareko bhaye yesari kaha hepna sakchhan?? Aafno hanuhaar na herne aruka sabai herne bani le congress lai khattam banayo..

    Comment Author

    Sagar Nirdosi

    ya vatuwa varastachari harulae timaru deskae nalaya vande hunx oli sir

    Comment Author

    Purna Thami

    सरकार ढाल्न पल्केकाे सके सम्म पार्टी फुटाउने अनि सरकार ढाल्ने , भ्रष्टाचार र माफियाहरु तन्त्र अनि पक्षपाती गर्नेहरु सहयाेगि हुन्छन्?

    Comment Author

    Jit Bahadur Basnet

    मिलेन्द्र रिजाल जि ले १ नं प्रदेश लाई किरात प्रदेश नाम राख्नु पर्छ भन्नु भएको थियो कम्युनिस्ट कै माग मा सहमति जनाए पछि सहयोगि त भन्नै पर्यो नि त्यसै रिसाउन खोज्नु हुन्छ नेता ज्यु पनि ।

    Comment Author

    Dhruva Sedhai

    टुक्का भनेको बेलामा ताली बजाउन होला।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 11
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?